नेभिगेशन
LEADING_MAIN

राजदुतहरुले दिए एक महिनाको तलब उपचार कोषमा

अस्ट्रेलिया तथा मध्यपूर्व तथा खाडी देशमा खटिएका नेपाली राजदूतले आफ्नो एक महिनावापतको तलब कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् । इजराइल, इजिप्ट, ओमान, कतार, कुवेत, पाकिस्तान र बहराइन, साउदी अरब,मलेसिया ,म्यानमार,थाइल्यान्ड र युएईका नेपाली राजदूतले आफ्नो एक महिनावापतको तलब सरकारले स्थापना गरेको जम्मा गर्ने निणर्य गरेको अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले जानकारी दिएका छन् । कतारका लागि नारदनाथ भारद्वज, इजराइलका लागि डा अञ्जना शाक्य, इजिप्टका लागि झविन्द्रप्रसाद अर्याल, ओमानका लागि शर्मिला पराजुली ढकाल, कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, पाकिस्तानका लागि सेवा लम्साल, बहराइनका लागि सुन्दास, युएईका लागि कृष्णप्रसाद ढकाल र साउदी अरबका लागि महेन्द्रप्रसाद सिंह राजपुत,मलेसियाका लागि उदयराज पाण्डे, थाइल्यान्डकालागि गणेश प्रशाद ढकाल,म्यानमारका भिम उदासले एक महिनाको तलब राहत कोषमा दिने निर्णय गरेका हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्