नेभिगेशन
LEADING_MAIN

एक्सपर्टद्धारा दुइ लाख डलरको कोरोना सहयोग कोषको घोषणा

एक्सपर्ट एजुकेशन एन्ड भिषा सर्भिसेजको परोपकारी संस्था एक्सपर्ट फाउन्डेसनले अस्ट्रेलियामा पछिल्लो दिनहरुमा कोरोना प्रकोपका कारण देखिएको असहज परिस्थीतीमा बिध्यार्थीहरुलाई सहयोग गर्न दुइ लाख डलरको कोभिड १९ एक्सपर्ट सहयोग कोषको घोषणा गरेको छ । कोरोनाका कारणले अस्ट्रेलियामा अध्यनरत अन्तराष्ट्र्रिय बिध्यार्थीहरुलाई पर्न सक्ने तत्कालिन र दिर्घकालिन असरलाई न्युनिकरण गर्ने उद्देस्यले यो सहयोग कोषको घोषणा गरिएको एक्सपर्ट एजुकेशनका निर्देशक सन्जिव शर्माले बताए । एक्सपर्ट एजुकेशनले आफ्नो ब्यवशायीक र सामिाजक दायित्व पुरा गर्दै आएको सन्दर्भमा यतिखेर अस्ट्रेलियामा अध्यनरत बिध्यार्थीहरुको समस्यालाई केहि हदसम्म मलम लगाउने प्रयासका लागि यो राहत कोषको स्थापना गरिएको निर्देशक शर्माले सुनाए । संभवत निजी क्षेत्रवाट संचालित कुनै ब्यवशायीक संगठनले कोरोनाको प्रभावपछि बिध्यार्थीको हक हितका लागि गरिएको यो पहिलो राहत कोष पनि हो । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको माहामारीले जनस्वास्थ र अर्थतन्त्रमा नै गहिरो प्रभाव पर्नगइ मानवजगतनै अहिले असहज परिस्थीतीवाट गुज्रनुपरेको अवस्थामा हामीले हाम्रो दायित्वलाई पुरा गरेका हौ , एक्सपर्टका अर्का निर्देशक बद्री अर्यालले बताए । बिध्यार्थीको दिर्घकालिन समस्याको समाधानका लागि एक्सपर्टले सरकारी निकाय, बिभिन्न शैक्षीक उद्योग, संघ संस्था र कलेज बिश्वबिद्यालयसँंग नजिक रहेर समुचित ब्यबस्थापनको लागि पैरवी गरिरहेको अर्यालले सुनाए । अर्यालले आइतबार राहत कोषको घोषणा गर्दै भनेका छन, अहिले निकै समस्यामा परेका बिध्यार्थीका लागि यस राहत कोषले केहि हदसम्म सहयोग पुग्ने बिश्वास हामीले लिएका छौ । यो दुइ लाख डलर मध्ये एक लाख पचास हजार डलर एक्सपर्ट एजुकेशनमार्फत आउनुभएका बिध्यार्थीहरुको लागि र बाँंकी पचास हजार डलर अन्य नेपाली बिध्यार्थीहरुको सहयोगमा जुटिरहनुभएका संघ संस्थालाई प्रदान गरिने अर्यालले जानकारी दिए । पछिल्लो छ महिना यता अस्ट्रेलियामा उच्च अध्यनका लागि आएका र रोजगारी नपाएका अनि गुमाएका बिध्यार्थीहरुलाई पहिलो प्राथमिकतामा राखिने र अन्य समस्यामै परेकाहरुलाईपनि मुल्याकंनका आधारमा सहयोग गरिने योजना रहेको अर्यालले बताए । अर्यालले अगाडि भनेका छन ,यो समय एक अर्कामा सहयोग र सदभाव कायम गर्दै धर्यतापुर्वक मानविय भावनाका साथ अगाडि बढनु पर्ने बेला हो । यतिखेर हामी सबैले सरकारी सुचनाको अवलम्बन र कोरोनावाट बच्ने सुरक्षीत उपायहरु अपनाउनु पर्ने हुन्छ । यो सहयोग लिन चाहने बिध्यार्थिहरुले निम्न लिंकमा गएर नाम दर्ता गराउन सक्नु हुनेछ। यो सहयोग लिन चाहने बिध्यार्थिहरुले निम्न लिंकमा गएर नाम दर्ता गराउन सक्नु हुनेछ। https://eevs.co/covid19-assistance)
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्