नेभिगेशन
नेपाल समाचार

नेकाद्धारा बिध्यार्थीलाई सहुलियतका लागि आब्हान

राष्ट्रिय शैक्षिक परामर्श संघ(नेका) ले प्रेश बिज्ञप्ती जारी गर्दै बिदेशमा रहेका बिध्यार्थीको हितमा लािग पर्न सबै निकायलाई अनुरोध गरेको छ । अहिले विश्व कोरोनाको माहामारी बाट आक्रांत अवस्थामा छ, जसले गर्दा देशबाहिर रहेका धेरै विधार्थीहरुमायसले असर पारेको छ , यो जटिल परीस्थितिलाई मध्यनजर गर्दै राष्ट्रिय शैक्षिक परामर्श संघले बिदेशमा रहेका सम्पूर्ण विधार्थीहरुलाई सुस्वास्थ्य, सुरक्षित तरिकाले रहन आब्हान गरेको छ । । संघले पछिल्लो चरणमा विदेशमा अध्ययनरत विधार्थीहरुका हक हितको निमित्त बिभिन्न कार्यहरु अगाडि बढाएको समेत जनाएको छ । जसमा ​नेपाली विधार्थीहरु विदेशमा अध्ययन गर्न चाहने देशहरुमा मुख्यतय अस्ट्रेलिया, जापान, अमेरिका, क्यानडा, भारत र यरोपीयन राष्ट्रहरुमा रहेका बिध्यार्थी र कोरोनाको प्रभाव बारे तथ्यांक संकलन सुरु गरेको छ । संक्रमित बढिरहेका देशहरुमा विधार्थीहरुको स्वास्थ, सुरक्षातथा आधारभुत आवश्यकताको प्रत्याभुतीको लागि नेपाल सरकार शिक्षामन्त्रालय, विदेश स्थित दुतावासहरु अन्तराष्ट्रिय गैरसरकारीसस्था, नेपाली परामर्श संघहरु सम्बन्धित विदेशी नियोगहरुको सम्पर्कमा रहेको संघले जारी गरेको बिज्ञप्तीमा जनाइएको छ। नेपाल राष्ट्र बैंकले नेपाल बाट अभिभावकले विदेशमारहेका आफ्ना विधार्थीहरुलाई बढीमा पाँंच सय अमेरिकी डलर पठाउनेब्यवस्था गरेकोमा उक्त रकम विधार्थीहरुलाई अपूग हुने हुनाले माहामारीअन्त्य नभए सम्मकोलागि उक्त रकम बढाउन शिक्षा मन्त्रालय सँग संघले माग गरेको छ । संघले तत्काल समस्याको समाधानको बाटो पहिल्याउन एक्सन टीम गठन गरेको छ ,जसले विधार्थीको समस्याको आवश्यकता केलाएर अगाडी बढ्ने कामलाई अगाडि बढाएको छ । अस्ट्रेलिया अध्ययनका लागि फेब्रुअरी मार्च २०२० को सत्रमा गएका विधार्थीहरुको अध्ययनमा कोभिड १९ को महामारीले अनेकन समस्याहरु देखिएको हुंदा सो सत्रलाइ अनलाइन गर्नुभन्दा हाललाइ स्थगितगरि अनुकुल समयमा सुचारु गर्न कलेज तथा विश्वविद्यालयलाई आह्वान समेत गरेको संघले जनाएको छ। अप्रिल २०२० सत्रमा जापान अध्ययनका लागि जानेविधार्थीहरुको सिओइ लिएर अन्तर्वाता कुरेर बसेका तथा भिसा लिएर पनि अध्ययनमा अनिश्चितता देखिएको हुंदा जापानका भाषा स्कुल र कलेज र विश्वविद्यालयहरुलाइ अप्रिल सत्र लाई ढिलो अथवा अनुकुल समयमा शुरुगर्न पनि संघका अध्यक्ष सन्तोष प्याकुरेलले अनुरोध गरेका छन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्