नेभिगेशन
व्यक्ति/व्यक्तित्व

सकसपुर्ण यात्रापछिको अस्ट्रेलिया आगमन

क्वारेन्टाइनको दुइ हप्ता कसरी बताउने नेपाल एयरलाईन्सको चार्टड फ्लाईट मकालु आज अष्ट्रेलिया र न्यूजिल्याण्डका नागरिक तथा केही अष्ट्रेलियन पिआरधारी नेपाली गरी २६० जाना यात्रु अनी २६ जनाको ठुलो चालक दल तथा प्राविधिक टिम सहित अष्ट्रेलियाको ब्रिसबेनमा अवतरण गरेर नेपाल फर्किसकेको छ ।यो क्षण हवाइ उडानको क्षेत्रमा भने ऐतिहासिक बनेको क्याप्टेन बिजय लामाले फर्कने बेलामा बताएका छन। कोरोनाको महामारी बिच ध्वजाबाहक बिमानमा ब्रिजवेन आइपुगेका सिड्नीका तिन युवा ब्यवसायी राज खनाल, विनोद पौडेल अनी दिपक भट्टराई लगायतका थुप्रै नेपाली सरकारद्धारा अनिवार्य लागु गरेको क्वारेन्टाइनमा रहेका छन । उनिहरुको दोस्रो दिनको अनुभवलाई यहा समेटने प्रयास गरेका छौ । आज अस्ट्रेलियन भुमि टेकेको दोस्रो दिन होटलको ढोका बाहिरवाट आवाज आएको छ ,योर डिनर इज रेडी भनेर । कोठामा एक्लै बस्ने बानी नपरेर होला दोस्रो दिन पनि अनौठो अनौठो लागिरहेको छ, के नपुगेको के नपुगेको जस्तो । सीड्नीमा रहेको परिबारमा पनि चासो उत्तीकै छ ,सीड्नीवाट निजी भ्रमणमा नेपाल गएको म आउँंदा ब्रिसबेनको १४ दिनको होटलको बास । दुइ छोराहरु पालैपालो फोन गर्छन , उनिहरुलाई ढाट्न मन लागेन सबै भनिदिएको छु, यो अवस्था बारे । सोधिरहन्छन कस्तो छ होटल अनि बसाइ भनेर । फेसबुकमा लाइभमा देखाइदिने गरेको छु बसाइ र कोठा । सीड्नीमा होटल तथा कलेज ब्यवशायमा रहेको राज खनालको क्वारेन्टाइनको कथा हो यो । रुपन्देहीको बुटलव थातथलो रहेका राज चार हप्ता अघि निजि कामले नेपाल पुगेका थिए । आउने बेलामा कोरोनाको कहरले संसारलाई छपक्कै छोप्यो र नेपाललाई पनि । नेपालपनि लक डाउन भयो । वुटवलवाट काठमाडौ आउँदा निकै सास्ती पाइयो । बल्ल बल्ल एउटा प्रहरीको पत्रले काठमाडौ आइपुगियो चितवनमा साथी बिनोद पौडेललाई समेटेर । लक डाउनमा सुरक्षाको प्रत्याभुति भएपनि सुरक्षाकर्मीको आआफ्नै ठहरका कारण जनमानसमा त्यसको नकरात्मक असर परेको देखियो । आउँंदा एउटा पत्रले काम गरेपनि फर्कने बेलामा त्यो पत्रले काम गर्न नस्क्दा दुख पाएको थाहा पाए । ध्वजाबाहक चढेर अस्ट्रेलिया आउने रोमान्चक यात्रा भित्र क्वारान्टाइनको त्रासदी र भयले भने सताइरहयो । यतिखेर दोस्रो दिन हामी सयौ नेपाली मुलका अस्ट्रेलियन ब्रिसबेनको एक होटलमा क्वारेन्टाइनमा छौ । पहिलो दिनको छटपटीलाई इन्टरनेट साथीभाइ र इष्टमित्रको टेलिफोन अनि फेसबुकले मेट्ने प्रयास गरयौ तर दोस्रो दिन अलिक बोर लागेको छ । हेरौ बाँंकी १२ दिन कसरी काटने हो । सीड्नीमा श्रीमतीले फोन गरिरहन्छीन, भन्छिन यस्तै हो प्रभुको लीला भनेर । तर ब्यापार अनि ब्यवशायको चिन्तामा भन्दा पनि अस्ट्रेलिया आइपुगेकोमा दुतावासलाई पनि धन्यवाद दिन मन लागेको छ । कम्तीमा आफना नागरिकलाई समस्यामा पर्दा उद्धार गर्ने काम त गरयो भनेर । हामी ब्रिसबेनको होटेलमा छौ अनि केहि चिरपरिचित साथीहरुको कोठा जोडिएका छन । कोठा भित्र बसीरहँंदा निस्सासीएको जस्तो पनि लाग्दो रहेछ अनि न्यास्रो मेछन ढोका खोलेर यसो चियाउछौ र हात हल्लाउने सम्म गरेका छौ, यो अनौठो अनुभव भएको छ, राज खनालले सुनाए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्