नेभिगेशन
LEADING_MAIN

बिध्यार्थीलाई गारो भए देश फर्कन प्रधानमन्त्रीको सुझाब

कोरोना भाइरसका कारण अस्ट्रेलियामा देखिएको आर्थिक संकट टार्न लागिपरेको प्रधानमन्त्री स्कट मोरिसनले बिध्यार्थी र अस्थाइ भिषामा रहेकाहरुप्रती निकै तिखो टीपर्णी गर्दै भने, समस्यामा हुनुहुन्छ भने आफ्नो देश फर्कनुहोला । कोरोना भाइरसको अस्ट्रेलियाको पछिल्लो अवस्था र सरकारी प्रयत्नका बारेमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री मोरिसनले भने यस बिषयमा अध्यागमन मन्त्रालयले हेर्ने भएतापनि पढन आएको पहिलो बर्षमै कठिन भयो भन्नु उचित होइन र साच्चीकै गारो छ भने आआफ्ना देश फर्कनसक्नुहुनेछ । बिध्यार्थी भिषा आवेदन दिने क्रममा हरेक बिध्यार्थीले पढाइका क्रममा पहिलो बर्षभरी पढन अािर्थक रुपमा सक्षम छु भनेर जिकीर गरेको उल्लेखगर्दै प्रधानमन्त्री मोरिसनले भने, यस्तो अवस्थामा बिध्यार्थीले आफ्नो सक्षमता प्रमाणित गर्नुपर्ने हुन्छ । अन्य भिजिटर र आप्रवासीहरुको सन्दर्भमा प्रधानमन्त्रीले भनेका छन, हामीले उहाहरुलाई यहा बस्न बाध्यकारी बनाएका छैनौ, समस्या भए आफ्नो देश फर्कन सक्नु हुनेछ । कोरोनाको संक्रमण र आतंकका कारण कल कारखाना बन्द भएपछि रोजगारी गुमाएका अन्तराष्ट्रिय बिध्यार्थीका सवालमा पनि राज्यले सहलियत दिनुपर्ने आवाज बिभिन्न संघ संस्था तथा राजदुतावासमार्फत आग्रह आएपछि प्रधानमन्त्रीले त्यसको सिधा उत्तर दिएका हुन । नियमित पत्रकार सम्मेलनमा बहुभाषि अन्तराष्ट्र्रिय बिध्यार्थीको बिषयमा पत्रकारद्धारा सोधिएको प्रश्नको जवाफमा प्रधानमन्त्री मोरिसनले भिजिटर तथा अन्य अस्थाइ भिषामा रहेकाको जिम्मेबारी अस्ट्रेलियन सरकारले लिन नसक्ने प्रष्ट पारे । सोही क्रममा प्रधानमन्त्रीले बिध्यार्थीहरुको काम गर्ने समय सिमा हटाइएको र २० हजार बिध्यार्थी नर्सको भर्ना तथा अन्य ब्यबशायमा उनिहरुलाई काम गर्ने मौका प्रदान गरिने कुरा बताए । यस्तै पर्थमा हेका नेपाली अभियन्ता सुवास श्रेष्ठ बिध्यार्थीहरुको सहयोगको लागि सबै नेपालीले आआफ्नो स्थानवाट सहयोग गर्नुपर्ने बताए । उनले आफ्नो कम्पनीमा अरु सबैलाई कामवाट निकालेर पनि बिध्यार्थिलाई भने आफुले काम दिइरहेको बताए । यस्तो समयमा सबैले आआफ्नो स्थानवाट सहयोग गर्न सक्नुपर्छ , अलि सुधार आएपछि त उनिहरु आफै राम्रो गर्न सकीहाल्छन । स्मरण रहोस यस बिषयमा ब्रीसबेनमा अध्यापन पेशामा संल्गन डा भरतराज पौडेले भने यसलाई नकरात्मक रुपमा हेर्न नहुने बताउछन । प्रधानमन्त्रीले भिजिटरहरू अहिले नै आफ्नो देश फर्किहाल भनेको होईन। यो समस्या अलिकती कन्ट्रोलमा आएजस्तो भएपछी आ-आफ्नो देश फर्किने मेसो मिलाउनु भनेको हो। यि भिसामा रहेका भिजिटर त्यसै पनि गैहाल्छन, यो कुरो मरिसनले भनिरहन परेन। पैसै नदिए पनि केही प्रोभिजनले बिध्यार्थीले पनि केही सहयोग हुन सक्ने देखिन्छ। जस्तो स्थिती २-३ महिनामा नर्मल हुँदै गयो भने आगामी बर्ष सम्म बिध्यार्थीलाई समय सिमामा कडाइ नगरी काम गरिरहन दिने प्रमको बढी ल्याङवेज बाट बुझ्नु पर्छ
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्