नेभिगेशन
LEADING_MAIN

अस्ट्रेलियामा अलपत्र खेलाडी र कलाकार

"बिदेशमा अलपत्र नागरिकको उद्धार गर्न नसक्ने सरकार" क्यानबेरामा अप्रील ९ देखि १४सम्म आयोजना हुन लागेको दी वल्र्ड कप चेस प्रतियोगितामा भाग लिन नेपालवाट अस्ट्रेलिया आइपुगेका दुइ खेलाडी यतिखेर सीड्नीको एक होटलमा सेल्फ क्वारेन्टाइनमा बस्न बाध्य छन । बिदेश घुमुला अनि चेस खेलेर देशको नाम राखुँंला भनेर आफ्नै खर्चमा अस्ट्रेलिया आइपुगेका चेस खेलाडी मदनकृष्ण कायस्थ र राजन दाहाल यतिखेर सीड्नीको आइबीज बजेट होटलमा हाइ हाइ काट्दै दिन गनिरहेका छन । होटलवाटै उनिहरुले प्रतियोगिता स्थगित भएको खबर त पाइसकेका छन तर उनिहरु अन्यौलमा छन, लक डाउनले कतै जान पनि पाउदैनन अनि देश फीर्ने कुरामा प्रतिवन्ध लगाइएको छ । अप्रील १६को उनिहरुको हवाइ टिकट छ तर त्यतीजेन्लसम्म टिक्ने समस्या पनि उत्तीकै छ । आफन्त र साथीभाइका बसम्ला र केहि दिन घुमेर फर्कौला भन्ने चाहना थियो सबै सपनाझै भयो । कोरोनालो आफन्त पनि तर्सीएका छन र जाने अवस्था पनि छैन,ल्याएको पैसा मंहगो होटलले सिद्धाउन लागिसक्यो, कायस्थले भने । कायस्थले आफुहरुले यस बारे राजदुतावास र एनआरएनलाई समेत गराएको तर केहि जवाफ पाइनसकेको बताए । हाम्रो सेल्फ क्वारेन्टाइनको समय सीमा सकिन लागेको छ भोलीदेखि कतै साथीभाइ र आफन्त गुहारने चरणमा छौ, कायस्थले भने । देश फीर्ने कुरामा नेपाल सरकारले अझै कुनै ठोस निर्णय लिइसकेको आवस्था छैन,हामीलाई यो प्रतियोगिता खेल्न नपाइ नराम्ररी हारेको अनुभव भएको छ । खेल्न पाएको भए नतिजा राम्रो आउथ्यो होला तर प्रतियोगिता स्थगीत हुनु,सबैतिर बन्द हुनु र सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधानले हाम्रो बजेट तहस नहस बनाइदियो अब के गर्ने भन्ने चिन्ताले सताएको छ ,अर्का खेलाडी राजन दाहालले भने । यसैगरी पर्थमा सांस्ृकतीक कार्यक्रम देखाउन आएको गायक उर्गेन लामाको समुहपनि सीड्नीमै अड्केको छ । पर्थमा कार्यक्रम सकेर सीड्नीहुदै नेपाल फर्कने क्रममा लक डाउन भएपछि यो दुइ जनाको सांगितिक समुह यतै थन्कीएको हो । मेरो त भिषा पनि आज मार्च तिस सम्म छ, थप्नको लागि आयोजकलाई डकुमेन्ट पठाएको छु, हेरौ अवस्था कस्तो हुने हो, उर्गेनले बताए । उनले हालका लागि समस्या नभएपनि र भिषाको समस्या भएमा अप्ठयारो पर्नसक्ने बताए । नेपाल क्रिकेट संघ,बाग्मती प्रदेशका कोषाध्यक्ष अनिल अधिकारी आफनो पारिबारीक भ्रमणका लागि अस्ट्रेलिया आएको केहि हप्ता भयो,उनको नेपाल फर्कने अप्रीलको दोस्रो साताको टिकट छ । अनिल यतिखेर टिकट क्यान्सील गर्ने की दुइ हप्ता कुर्ने भन्ने बिलखबन्धनमा परेका छन । नेपालले लक डाउनको समयाविधी बढाएपछि बिदेशमा रहेका नेपालीहरुमा छटपटी बढेको अनिल बताउछन । संसारका सबै देशले आफ्ना नागरिकलाई स्वदेश फर्क र सुरक्षीत रहौ भनेर अपील गरीरहेको बेला हाम्रो देश भने बिदेशमा रहेका आफ्ना नागरिकलाई देश अउान प्रतिवन्ध लगाएर बसेको छ, कस्तो निती होला राज्यको अनिलले बताए । हामी हाम्रो देश फीर्न चाहन्छौ, अनि त्यही बसेर परिबारसँंग सुरक्षीत बस्न तर राज्य प्रतिवन्धको कालो निर्णय गरेर बसेको छ,कस्तो बिडम्बना, अनिलले बताए । यतिखेर अस्ट्रेलीयन सरकारले आफ्ना नागरिक र स्थायी बासिन्दालाई नेपालवाट फर्काउन नेपाल एअरलाइन्सको बिमान चार्टड गरेर मंगलबार सीडनी ल्याउदैछ, तर सो बिमानमा समेत फर्कने चाहने नेपालीलाई फीर्ने सुविधा नेपाल सरकारले दिएको छैन,यस्तो बिडम्बना कतै हुन्छ, अनिलले आक्रोस पोखे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्