नेभिगेशन
LEADING_MAIN

कोरोनावाट एनएसडब्लु राज्य बढि प्रभावित, नौको मृत्यु

अस्ट्र्लियाको न्यु साउथ वेल्सको डेरोथी हेण्डरसनमा गए राती एक ९५ वर्षीय वृद्धाको निधन भएपछि कोरोनाभाइरस सङ्क्रमणबाट जीवन गुमाउनेको सङ्ख्या एनएसडब्लुमा नौ र अस्ट्रेलियाभर २० जना पुगेको छ । पछिल्लो आँकडा अनुसार न्यु साउथ वेल्स राज्यमा हालसम्म कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या २ हजार एक सय ८२ पुगेको छ। न्यु साउथवेल्स राज्यकी स्वास्थ्य विभागका अनुसार हालसम्म न्यु साउथ वेल्समा १ लाख तिन हजार तिन सय ६१ जनामा परीक्षण गरिसकिएको छ। एक लाख भन्दा बढी मानिसहरूको परीक्षण भएको र त्यसमा दुइ हजार प्रभावित हुनुमा बाहिरी प्रभाव महत्वपुर्ण भएको र अहिले केहि हदसम्म यो रोग नियन्त्रणमा आएको राज्यकी प्रमियर ग्लाडिस बेरिजिक्लीयनले बताएकी छिन । हाल अस्ट्रेलियाभर चार हजार सात सय मानिशहरु कोरोना भाइरसवाट संक्रमीत बन्न पुगेका छन । संसारमा साढे आठ लाख मानिशहरुमा फैलिएको यो सरुवा रोगले करिब ४२ हजार मानिशको ज्यान लिइसकेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्