नेभिगेशन
LEADING_MAIN

अस्ट्रेलियामा दुइ जना भन्दा बढि भेला हुन नपाउने

पन्ध्रको मृत्यु र चार हजार भन्दा बढि ब्यक्तीमा कोरोना संक्रमण फैलिएपछि सोमबार रातीदेखि लागु हुनेगरी अस्ट्रेलियन सरकारले दुइ जना भन्द्या बढि मानिश एकै स्थानमा भेला हुन नपाउने नया नियम लागु गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले राजधानी क्यानबेरामा पत्रकारहरुलाई जानकारी गराउदै कोरोना संक्रमणलाई रोक्न कडा नियम ल्याइएको जानकारी गराए । संघीय सरकारले कोरोनाको माहामारी रोक्नका लागि यस्तो कठोर कदम चाल्ने निर्णय लिनु परेको समेत बताए । यो निर्णय लिनु अघि प्रधानमन्त्री मोरिसनले राज्य र अन्य दलका नेताहरुसंग छलफल गरेका थिए । अष्ट्रेलियाका मुख्य स्वास्थ्य प्रमुख ब्रेन्डन मर्फीले यो निर्णय कठोर भएपनि भाइरसको संक्रमण रोक्न अत्यावश्यक रहेको बताए । यसअघि सरकारले १० जना भन्दा बढी भेला हुन रोकेको थियो । यो नियम एकाघरमा बस्नेका हकमा भने लागु नहुने सरकारले जनाएको छ । सरकारले विवाहमा ५ र मलामीमा १० जना जम्मा हुन पाउने नियम कायमै राख्दै सबैमा डेढ मिटरको समाजिक दुरी भने कायम राख्नुपर्ने जनाएको छ । संकट छ महंगो फीस कसरी तिर्ने
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्