नेभिगेशन
अस्ट्रेलिया समाचार

अस्ट्रेलिया सरकारद्धारा ल्याइएको राहतमा के छ कसरी थाहा पाउने !!

अस्ट्रेलियामा फैलिएको कोरोना महामारीको आर्थिक असर र यसको व्यवस्थापनमा अस्ट्रेलिया सरकार ले ल्याएको सहुलियत, नीति, नियम र यसको विविध पक्षमा जनमानसमा जानकारी दिनृ उद्देस्यले केहि लेखा ब्यवशायीहरु मैदानमा देखापरेका छन । विद्यमान कोरोना भाइरस को संक्रमणले संसार नै आक्रान्त छ , विशेषत हरेक मुलुक का सरकार र सम्वन्धित निकाय यसको रोकठाम र नागरिक को जीवन रक्षाका लागि प्रयासरत छन । यस विपत्तिले मानिस हरु को जीवन को हरेक पाटो लाइ त्यतिकै प्रभाव परेको छ , स्वास्थ्य प्रधान त छदै छ । मानिस हरुको जीवन यापनका लागि आर्थिक पाटो अत्यन्त महत्वपूर्ण हुन्छ , धेरै भन्दा धेरै मानिस हरु यो महामारीका कारण वेरोजगार वन्न पुगेका छन्। देशको अर्थतन्त्र धरासायी वनेको बेला राष्ट्रिय सरकारका केन्द्रिय अर्थमन्त्री र प्रधानमन्त्री रात दिन देश को अर्थतन्त्र कसरि जोगाउने भनेर लागेका छन् । नागरिकलाई यस समस्यावाट मुक्ती दिलाउन सरकारले विशेस आर्थिक सहायता प्याकेज घोषणा गरेको छ् । सरकारी नियम कानुन अनि प्रकृया मिलाएर पाइर्ने विभिन्न सेवा सुविधा के के हुन् र अस्ट्रेलिया सरकार ले आर्थिक रुपमा आफ्ना नागरिक र याहा रहेका साना, मझौला र ठुला व्यवसाय र संस्था हरु लाइ कसरि सहयोग गर्दै छ । यसवारे जानकारी दिन नेपाली एकाउन्टेट ध्रुब भण्डारी, चुडा सापकोटा ,डिला खरेल, टिका भट्टराइ र केशव सापकोटाको टीमले र्गह कार्य गरिरहेको छ । यस टिमले व्यवसायिक र पेशागत दयारा भित्र रहेर सरकारको नीति नियम र आर्थिक सहायता के कसरी लिने भन्ने वारे संयुक्त रुपमा सहयोग गर्ने छ । विशेषत व्यक्तिगत करदाता , साना व्यवसाय र मझौला व्यवसायले सरकारले घोषणा गरेको आर्थिक सहयोग कसरी र कती पाउनुहुने हो हामी नियम , कानुन र परिधि भित्र रहेर स्पस्ट सहयोग गर्ने छौ र परामर्श दिनेछौ , टोलीका सदस्य डिला खरेलले बताए । यसका लागि निम्न ब्यक्तीहरुलाई सम्पर्क गर्न सकिनेछ । डिला खरेल ०४३४३९२३४७ चुडा सापकोटा ०४३३५३५७६२ केशव सापकोटा ०४३००९७५६३ टिका भट्टराई ०४०४७५०८७६ ध्रुव भण्डारी ०४१२६१११७१
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अस्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।