नेभिगेशन
बिचार/ब्लग

एनआरएनको कथामा जोडिएको एउटा गाथा

गैर आवासिय नेपाली संघ(एनआरएनए)को करिब दुइ दशक लामो कथामा जोडिएको एउटा सानो गाथा पनि छ भवन भट्टको । बिध्यार्थीका रुपमा जापान पुगेर संघर्षका घामपानीमा डुबुल्की मारेका भवन भट्टले केहि बर्षमै कामसँंगै नाम र दाम पनि कमाए । यसै गरी एकपछि अर्को सफलताको सीढी चढेपछि गैर आवासियहरुको मान मुलुकको शान भन्दै भट्ट एनआरएन अभियानमा जोडिन पुगेका थिए । एनआरएन जापानको अध्यक्ष, एनआरएन आइसीसीको कोषाध्यक्ष हुदै एनआरएनको केन्द्रिय अध्यक्ष बनेका भवन भट्टको फरक पहिचान भनेको उनको सरलता र सहजता पनि हो । कोषाध्यक्ष हुदै उपाध्यक्ष र अध्यक्षहुँंदै गर्दा आठ बर्षको समय उनले आफुलाई एनआरएनका नेताका रुपमा कहिले उभ्याएनन सधै कार्यकर्ताका रुपमा काम गरिरहे । घमन्ड कुन चराको नाम हो भन्ने उनको बानी र सधै मुस्काइरहने मुस्कानको खानीले पनि भट्टलाई गैर आवासिय नेपालीको प्यारो बनायो । एनआरएनको कथा भित्र जोडिएको भवन भट्टको गाथा भनेको उनको नेतृत्वमा बनेको भवन र लाप्राक र अन्य सफल परियोजनाहरु रहेका छन । दिन रात नभनी एनआरएन भवन बनाए, जग्गा बिवादमा मुछियो । असहजताको पर्याय बनेको लाप्राकलाई आधुनिकीकरण सहित पुरा गर्ने काम गरे,त्यसमा प्रश्न उठाइयो । त्यसबाहेक पनि उनले शंखमुल पुरा गरे ,सिन्धुलीगढी लगायतका कयैन ऐतिहासिक पहिचानका परियोजना बुने तर तानाबाना उनेर केहिले बिवादमा ल्याउने प्रयास गरे । यसै प्रशंगमा भवन भट्टसँंग कुराकानी गर्दैगर्दा सहज रुपमा उनको जवाफ थियो, मन बचन र कर्मले सेवाभाव गरेको हो, कसले के भन्छ भन्दा पनि कसले के काम गरयो भन्ने बिषय महत्वपुर्ण हुन्छ जस्तो लाग्छ । यतिखेर एनआरएनको चटारो छाडेर आफ्नो घर र व्यबशायतर्फ ध्यान मोडेका भट्टले पछिल्लो आधा दशक एनआरएन अभियानमा जिउज्यान लगाएर धनसँंगै मनको बह पनि पोखे समाजसेवामा । प्रवासी नेपालीलाई मुलुकसँंग जोडने र देश बिकासमा एनआरएनलाई जोड्ने उनको अभियान सफल भएकै हो । जग्गा उनि उपाध्यक्ष हुँंदा किनिएको थियो उनले घर बनाएरै छाडे । भुकम्पमा देश डुब्दा दुर्गमको लाप्राकमा एनआरएनले थालेको अभियानलाई ज्यानै दिएर भएपनि हस्तान्तरण गर्ने काम उनकै पालामा भयो । एनआरएनले दिएको घर बस्न लायक बनाउने उनको चाहनाले मोडिफीकेसन र गुणस्तरणिय घर निमार्णहुँंदा बजेट त्यही रुपमा बढ्योपनि । घर निमार्णमा छुट्टाएको पुरानो बजेटले नया समयलाई साथ दिएन, यसमा समेत आर्थिक भार थपीयो । केहि ब्यक्तीले उनलाई एनआरएनको बजेट सक्यो भनेर आरोप पनि लगाए । तर आरोपका नाममा विरोध गर्नेहरु अहिले त्यहीको कामको प्रशंसा गर्दै छन । समय हो, सबै र सधै कसैको पक्षमा पनि हुदैन, उनले बुझेका छन । भुकम्प होस या बाढी पहिरो अथवा बिकास निर्माण । कैयन पटक घट्नाले मागेको बेला करौडौ रकम गोजिवाट झीकेर अभियानमा लगाएका उनमा के स्वार्थ होला यसमा । सबैको हात एकै साथ र अतिथि देबो भव जस्ता लोकप्रीय नारा श्रृजना गरेर एनआरएन अभियानमा फरक र अलग पहिचान बनाएका निर्वतमान अध्यक्ष भट्ट एनआरएन अन्तराष्ट्रिय क्षेत्रमा बिश्वासिलो साझेदारका रुपमा स्थापीत भएकोमा गर्व गर्छन । एनआरएन अभियानको पुर्णताको लागि साथीभाइको सल्लाहमा एनआरएनको प्रतिष्ठा जोगाउने अभियानमा समर्पीत भएको हुँ, भट्ट भन्छन । नेतृत्व हस्तान्तरण र पछिल्लो कार्यसमितीको बिषयमा उनको स्पष्ट धारणा छ, हिजो म ड्राइभर थिए अरु साथिहरु पेसेन्जर । आज अरु साथीहरु चालक बन्नु भएको छ म पछाडिको सीटमा पेसेन्जर भएर हिडिरहेको छुँं । काम गर्दा कठिन हुन्छ तर पछाडि बसेर औला उठाउन सहज । त्यसैले नया नेतृत्वको साथीहरुलाई म यो भन्न चाहन्छु की इमानदार भएर कर्तब्यपालन गर्नुहोस, सबैले ढिला चाडो भएपनि तालि पीट्नेछन । यतिखेर बिश्व कोरोना भाइरसले अक्रान्त भएको बेला संसारभर छरिएर रहेका नेपालीलाई आफु र आफ्नो परिवार अनि समाजलाई सुरक्षीत रहन आग्रह गर्दै भट्टले भने मानौ अहिले प्रकृतीनै मानव जिवनसँंग रिसाएको अवस्था छ यसमा सबैले सम्हालिनु जरुरी देखिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप बिचार/ब्लग
मेरो बाउलाई "अष्ट्रेलियन फादर्स डे "को शुभकामना 

मेरो बाउलाई "अष्ट्रेलियन फादर्स डे "को शुभकामना 

यो खबर सुनेर घरमा आमा/बाउ, अनी भुरा भुरी भाई/बैनीहरू सुभैरा, ईखे, उमेश..अनी कल्पना चै कोक्रैमा थियो..) कम्ता रमाको हैन बिचराहरू सबैले भित्रभित्र आफ्नो आफ्नै सपना बुन्नु थाले पक्कै...
आश जगाउनुस् अनि पुर्पुरोमा लेखि ल्याएको अझैं ५/७ चोटी प्रधान मंत्री भै रहनुस् !

आश जगाउनुस् अनि पुर्पुरोमा लेखि ल्याएको अझैं ५/७ चोटी प्रधान मंत्री भै रहनुस् !

यस्तो नाराबाजी गर्ने तथा देउवाले भनेका ‘बकवासहरू’ कम शक्तिशाली होईनन्। अब देउवा, ओलीहरू बुजुर्ग भए। उनिहरूलाई लाग्दो हो-“बुजुर्गहरूले समाजलाई दिशा दिन्छ। काँग्रेस वा कम्युनिष्टको बलको मियों हुन् समाजका...