नेभिगेशन
LEADING_MAIN

सीड्नीमा नेपाली बिध्यार्थीबिच झगडा, एकको मृत्यु

कोरोना भाइरसले अस्ट्रेलिया अक्रान्त भइरहेका बेला सिड्नीको हर्षभिलमा नेपाली युवाहरु झैझगडामा उत्रदा एक नेपाली बिध्यार्थीको दुइ दिनपछि कोग्राह हस्पीटलमा मृत्यु भएको छ । दुइ दिनसम्म भेन्टीलेटरमा राखिएका ललितपुरका अमित कार्कीको हस्पीटलमा निधन भएको उनका नजिकका नातेदारले पृष्टी गरेका छन । सीडनीको हर्षभीलको पबमा दुइ बिध्यार्थीहरुको समुहबिच भेट भएर भनाभन भएपछि सो झगडा सुरुभएको थियो । पबमा दुइ पक्ष बिच भेट भएपछि केहि विबाद भएको र पबको सुरक्षाकर्मीले पाँंच जनाको एक समुहलाई पबवाट बाहिर निकालेको थियो । पछि सोही पाँच जनाको समुह पब बाहीर समुहलाई कुरेर बसेको त्यसपछिको बिवादमा ललीतपुर इमाडोल घर भएका अमीत कार्की सख्त घाइते हुन पुगेका थिए । पब भित्रको सानो झगडालाई लिएर बाहिर बसेको समुहले आक्रमक ब्यवहार देखाउँंदा अमित लगायतको टोली भागेको र लखेटने क्रममा अमितको टाउकोमा गम्भीर चोट लाग्न पुगेको थियो । उनलाई केहि ढिला गरेर प्रहरीले सडकमा भेटेपछि गम्भीर अवस्थामा सेन्ट जोर्ज हस्पीटल पुरयाइएको थियो । २३ बर्षिय अमित मृदुभाषी र बिध्यार्थीको हक हितमा लागिपर्ने युवा भएको उनलाई नजिकवाट चिन्नेहरु बताउछन । उनले यसअघि बिध्यार्थीको हक हितका बिषयमा थुप्रै कार्यक्रमहरु समेत गर्दै आएका थिए । झैझगडामा सामेल भएका चार जनालाई प्रहरीले पक्राउ गरेको र केहिलाई बेलामा छाडिएको थाहा भएको छ । पबवाट निकालिएका समुहको एक ब्यक्ती पनि घाइते भएको र उनी पनि हस्पीटलमै रहनुले बिवादले झगडाको रुप लिएको हुनसक्ने देखिन्छ । प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान भइरहेकाले अहिलेनै केहि भन्ने अवस्था नरहेको जनाएको छ । झैझगडामा सामेल सबै उच्च अध्यन गर्न अस्ट्रेलिया आएका बिध्यार्थीहरु रहेका छन । केहि स्थानिय फुटबल क्लबमा आवद्ध खेलाडी समेत रहेका छन । सात समुन्द्र पारी आएर उच्च अध्यन गर्न आएका नेपाली बिध्यार्थी यस्तो रोगको माहामारीको बिच आपसी झैझगडामा उत्रनु लाजमर्दो बिषय भएको एनआरएन महासचिब डा ज्ञानेन्द्र रेग्मीले बताए । पढन आएका बिध्यार्थीहरु दारु भट्टीमा फाइट खेल्ने कामले हाम्रो समाजलाई नराम्रो शन्देस दिएको र त्यसमाथि पनि एउटा उज्वल भबिष्य बोकेको युवाको निधनले नेपालमा रहेका अभिभावकमा कत्रो चोट पुगेको होला ,यो हाम्रो समुदायको लागि साच्चीकै राम्रो बिषय होइन, उनले सुनाए । यसै बिच एक नेपाली युवाले सीड्नीको स्टार्सफील्ड स्टेशनमा ज्यान गुमाएका छन । मंगलबार बिहान चार बजेतिर साथिभाइसँंग रमाइलो गरेर अर्वनवाट घर हिडेका गुरुङ थरका युवा स्टार्सफील्डको स्टेशनको ट्रेनको लिगमा मृत ेभटिएका थिए । हाल प्रहरी अनुसन्धानको क्रममा रहेको यस बिषयमा छानबिन भैरहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्