नेभिगेशन
LEADING_MAIN

अस्ट्रेलीयामा लक डाउनले बिध्यार्थीहरुमा बेरोजगारीको समस्या बढन थाल्यो

समस्या समाधानका लागि हामी लागि परेका छौ: राजदुत करिब ६० हजार नेपाली बिध्यार्थी अध्यनरत अस्ट्रेलियामा कोरोना भाइरसका कारण लक डाउन भएपछि यसको प्रत्यक्ष प्रभाव अन्तराष्ट्र्रिय बिध्यार्थीमाथि पर्ने भएको छ । अस्ट्रेलियन सरकारले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरुलाई बन्द गर्ने निर्णय गरेपछि देश भरका पब, क्लब, खेलकूद, धार्मिक केन्द्र,सिनेमाघर, मनोरन्जनस्थल र रेस्टुरेन्टहरु बन्द हुन पुग्दा त्यहा काम गर्ने लाखौ बिध्यार्थीहरु रोजगारबिहिन भएका छन । यसरी काम र पढाइलाई सँंगसँंगै अगाडि बढाइरहेका हजारौ नेपाली बिध्यार्थीहरु यसको प्रत्यक्ष मारमा परेका छन । अहिले समग्र मुलुक लक डाउन हुँंदा बेरोजगारीको समस्याले नेपाली बिध्यार्थीलाई पनि नराम्ररी गाजेको देखिन्छ । मंहगो घरभाडा, खाद्यान्न अभाव र रोगको सन्त्रासले बिध्यार्थीहरुमा आर्थिक देखि मानसिक समस्या देखिन थालेका छन । हामी काँंहा थुप्रै खाले गुनासा र समस्याहरु आउन थालेका छन,हामी त्यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर लागेका छौ, अस्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहालले बताए । बिध्यार्थीका समग्र समस्याका सन्दर्भमा एनआरएन,स्थानिय संघ संस्था र महाबाणिज्यदुतहरुसँंग समन्वय गरेर अगाडि बढने काम भैरहेको छ , राजदुत दाहालले बताए । एनआरएनले नेपाली राजदुतावासको संरक्षकत्वमा कोरोना प्रभावित समस्या समाधानका लागि आइतबार एउटा कमिटी गठन गर्ने निर्णय समेत गरेको छ । एनआरएन अस्ट्रेलियाले कोरोना प्रभावित बिध्यार्थीलाई एक महिनाका लागि खाद्यान्न सामाग्री समेत सहयोग गर्ने घोषणा समेत गरिसकेको छ । तर ६० हजार नेपाली बिध्यार्थी तिनका परिवार सहित पुग नपुग एक लाखको हाराहारीमा यस लक डाउनले प्रत्यक्ष प्रभाव पार्ने स्पष्ट देखिएको छ । अस्ट्रेलियन सरकारले आफ्ना नागरिक र स्थायी बासिन्दालाई मध्यनजर गरेर बिभिन्न आर्थिक सहयोगको प्याकेजको घोषणा गरेको छ । तर यसमा यँहा पढन आउने बिध्यार्थीको बारेमा भने यसले समेटने देखिदैन । ज्यालादारी ,व्यवसायी, सेवानीवृत भएका र काम नपाएका अनि भत्ता पाउनेहरुले राहत कोषवाट थप आर्थिक सहयोग पाउने भएका छन् । यस सहायता अन्तर्गत अभिभावक भत्ता, बेरोजगार भत्ता, युवा बेरोजगार भत्ता, , कृषक भत्ता र अन्य विशेष भत्ता पाउनेहरुका लागि प्रत्येक दुई हप्तामा थप ५५० डलर प्रदान गरिने भएको छ । यस्तै काम गुमाएका पुष्टि हुने दैनिक ज्यालादारी र एकल व्यवसायीहरुलाइ पनि सहायक भत्ता दिने भएको छ । हाल बेरोजगार भत्ता पाउनेहरुले प्रत्येक दुई हप्तामा ११ सय डलर सम्म पाउन सक्ने छन । यसरी स्थानिय नागरिक र पीआरले प्राप्त गर्ने यस्ता सुविधाहरु अन्तराष्ट्र्रिय बिध्यार्थीको हकमा भने लागु नुहुनुले उनिहरुमा नैराश्यता छाएको छ । कर तिर्ने बिषयमा सबै समान भएपछि आपतकालिन सुविधा प्राप्त गर्ने बिषयमा पनि उनिहरु सक्षम हुनुपथ्र्यो ,बिध्यार्थीहरुको कथन थियो । बिध्यार्थीका समस्या र समाधानका लागि आवश्यक पहल गर्न महाबाणिज्यदुतहरुको आपतकालिन बैठक समेत डाकिएको राजदुत दाहालले बताए ।अहिले हाम्रो पहिलो प्राथमिकता भनेको नेपालवाट उच्च अध्यन गर्न आएका बिध्यार्थी र उनिहरुको समस्यानै हो त्यसका लागि राजदुतावास चौबीसै घन्टा चनाखो भएर बसेको छ । हामीले हाम्रो श्रोत र साधनवाट सक्ने सबै प्रयास जारी राख्ने छौ, राजदुत दाहालले सुनाए । बिश्वब्यापीरुपमा फैलिएको कारोनाको महामारीवाट बच्न नेपाली बिध्यार्थीहरुलाई भिडभाडमा नजान र रोकथामका सबैखाले उपाय अवलम्वन गर्न समेत राजदुत दाहालले अनुरोध गरेका छन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्