नेभिगेशन
LEADING_MAIN

अस्ट्रेलियामा अत्यावश्यक सेवा बाहेक सबै बन्द गर्ने निर्णय

अस्ट्रेलियन संघिय सरकारले आगामी ४८ घण्टा भित्र राज्यका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरुलाई बन्द गर्ने निर्णय गरेको छ । कोरोनाभाइरसको सक्रमण फैलन बाट रोक्न प्रधानमन्त्री स्कट मोरिसनले अत्यावश्यक बाहेकका स्थानहरु बन्द गरिने घोषणा गरेका हुन । सोमवार अपरान्ह देखि लागुहुने उक्त नियमले देश भरका पब, क्लब, खेलकूद, धार्मिक केन्द्र,सिनेमाघर र मनोरन्जनस्थलहरु लगायतका छाना मुनि रहेका अन्य स्थानहरु पनि बन्दको सुचिमा पर्नेछन । प्रधानमन्त्रीले एनएसडब्लु लगायत अन्य केहि राज्यका स्कूलहरु चाहिं बन्द नहुने बताएका छन तर भिक्टोरिया सरकारले भने मंगलबारदेखि राज्यका स्कुलहरुमा बिदा दिने निर्णय गरीसकेको छ । रेस्टुरेन्ट र क्याफेहरु चाहिं खालि “टेक अवे“ को लागि मात्र खोल्न सकिने प्रावधान सरकाले ल्याएको छ । आइतवार राति सम्पन्न संघीय, राज्य र प्रादेशिक सरकार बीचको मन्त्रीस्तरिय बैठकपछि प्रधानमन्त्री मोरिसनले उक्र घोषणा गरेका हुन्। यस अवधिमा अत्यावश्यक सेवाहरुको सुचीमा पेट्रोल स्टेसन, सुपर मार्केट र औषधी पसल ,खाना डेलिभरी गर्ने निकाय पर्ने छन । त्यस बाहेक राज्यका सबै निकायहरु ठप्प हुने छन । यस्तै अस्ट्रेलियन सरकारले यस महामारीवाट देशको अर्थतन्त्रलाई कमजोर बन्न नदिन्न करिब १४ अर्ब डलरको राहत प्याकेजको घोषणा गरिसकेपनि दोस्रो चरणमा ६६.१ अर्ब डलरको सहायता प्याकेजको नया घोषणा समेत गरेको छ । अस्ट्रेलियाली अर्थतन्त्रमा पर्न सक्ने असरलाई मध्यनजर राख्दै अस्ट्रेलियन सरकारले दोश्रो चरणको राहत प्याकेजको घोषणा गरेको हो । जागिर गुमाएकाहरुलाई राहत दिन र बिग्रदो व्यवसायहरुलाई जिवन्त राख्न अर्थ मन्त्री जोश फ्राईडेनबर्गले यो सहायता प्याकेजको घोषणा गरेको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्