नेभिगेशन
LEADING_MAIN

किन होला अस्ट्रेलियामा अप्ठ्यारो बन्दैछ काम !

परिस्थीती पहिलेको जस्तो छैन,समय र चापसँंगै अस्ट्रेलियामा काम र दाममा प्रतिस्पर्धा बढेको छ । पाँंचै बर्ष अगाडिसम्म पनि कामको खासै समस्या थिएन अस्ट्रेलियामा । भनेजस्तो नपाइएपनि दुखसुखका काम जतिकै पाइन्थ्यो । अचेल दिनुहँं टेलिफोनका घन्टीहरुमा काम खोजिदिने आग्रह र समस्याको पोको फुकाउने बिग्रहका स्वरुहरु सुनिन थालेका छन । काम पनि सीड्नीका सडकको जामजस्तै हुन थालेको छ, पाइन्छ तर कहिले । डिपेन्डेन्डमा आएका वुटवलकी सुनिता प्रधान सिड्नीमा चार महिना बसेर काम नपाएपछि घर फर्किने निर्णयमा पुगेकी छिन । ल्याएको पैसा सकियो, घरमा माग्दा माग्दा लाज भैसक्यो काम पाइएको छैन अनि के गर्ने , उनले भनिन । हेटौडाका समज्ञ न्यौपानेलाई रुनु न हास्नु बनायो अस्ट्रेलियाको कामले । शैक्षिक परामर्श केन्द्रले जाने बित्तीकै काम पाइन्छ चिन्ता लिनु पर्दै भनेर सल्लाह दियो । रहल पहल डलर बोकेर आइयो,यहाँं पढने त छदैछ,हात मुख जोर्ने समस्याले पीरल्यो, बल्ल बल्ल केहि साथीहरुको अनुकम्पाले चार महिनामा काम भेटियो र अब टिक्छु की भन्ने सोच पलाएको छ ,न्यौपानेले सुनाए । यी त पात्रहरु मात्र हुन , दिनहुँं काम खोजि दिन आग्रह गर्नेहरुको भिडभाडनै हुन्छ सामाजिक सन्जालमा पनि । केहि केहिले यसै मौकामा अस्ट्रेलियामा काम भन्ने फेसबुके पेज चलाएर ब्यापार समेत गरेका छन यहाँं । हुनपनि नया बर्ष २०२० सँंगै अस्ट्रेलियामा उच्च अध्यनमा आउने नेपाली बिध्यार्थीहरुको संख्याले ६० हजारको नेटो काटिसकेको छ । अनि छ लाख भन्दा बढि अन्तराष्ट्रिय बिध्यार्थीहरु अस्ट्रेलियामा अध्यनरत छन । बिध्यार्थीहरुको पछिल्लो तथ्यांक बाहिर आउदै गर्दा अस्ट्रेलियामा कामको साच्चीक्कै अभाव भन्दा पनि प्रतिस्पर्धा बढेको भन्छन भुक्तभोगीहरु । अस्ट्रेलिया पुग्ने बित्तीकै घन्टे डलर कमाइने सपना बुनेर आएका कयैन बिध्यार्थी तिन महिनासम्म पनि काम नपाउँंदा भौतारिदै हिडेका दृष्य अिहले सामान्य बनिसकेका छन । अस्ट्रेलियामा पनि चिनजान र आफना मान्छे हुनेहरुका लागि केहि सहज बन्न सक्छ काम र मामको जोहो । मंहगो शैक्षिक शुल्क अनि कोठा भाडाले सताउदै जादा काम र दामको अभावले पीरोल्ने हुँंदा छ सात महिना काम नपाउँंदा आलस तालस हुनु स्वभाविक पनि हो । नेपाली रुपैयालाई अस्ट्रेलियन डलरमा कन्र्भट गर्दै क्यालकुलेटरमा थिचेर छोरा छोरीलाई पढनै पठाउन सक्ने हैसीयतमा यहाँं आएका औलामा गन्न सकिने मात्र होलान । बाँंकी सबै कमाउदै,पढदै अनि भ्याए नेपाल पनि पठाउने मनोबिज्ञानमा यता छिरेको पाइन्छ । अस्ट्रेलियाका महत्वपूर्ण अध्यन केन्द्रहरुमा मुख्यतय सीड्नी, मेलवर्न,ब्रिसबेन ,एडिलेड र पर्थ रहेका छन । बिश्व बिद्यालय, उच्च शिक्षा केन्द्र र भेट कलेजहरुनै नेपालीहरुको अध्यन गर्ने मुख्य थलो हो । पढाइ र भोगाइ अनि अनुभवका आधारमा नेपाली बिध्यार्थीहरु अन्यको तलनामा राम्रा र चाम्रा हुने हुनाले पनि कामको बिषयका नेपालीलाई अस्ट्रेलियामा राम्रै मान्ने गर्छन । तर पढाइका आधारमा व्यबशायीक काममा भने नेपालीहरुको पहुँंच साच्चीक्कै नगन्य देखिन्छ । इन्जिीनियर, एकाउटेन्ट, आइटी जस्ता पेशामा अझै नया भन्दा पुरानै पुस्ताको बाहुल्यता रहेको सन्दर्भलाई जोड्ने हो भने हाम्रो कमी कमजोरी पढाइमा भन्दा गराइमा स्पष्ट देखिन्छ । नेपाली बिध्यार्थीहरुको सवालमा सबैभन्दा महत्वपुर्ण बिषय भनेको आत्मबिश्वासको कमी प्रष्ट झल्कीएको छ,जसले धेरै कुरामा पछाडी धकेलेको महसुस हुन्छ । काम नपाउनुको एउटा महत्वपुर्ण कराण पनि यो पनि हो, सिड्नीका कानुनी पेशा संहालीरहेका वकिल खिलेन्द्रराज तिम्सीना बताउछन । तिम्सीना भन्छन, पहिलो कुरा नेपाली बिध्यार्थीहरु काम खोज्न जान लाज मान्छन अनि गएपनि गेटमा काउन्टरमा गएर यसो सोध्दछन, जसले उनिहरुलाई काम पाउनवाट मुस्कील बनाउछन । जुन स्टोर वा कम्पनीमा जाने हो त्यहाको ब्यवस्थापकसँंग सिधै कुरा गर्छु भन्ने र आफ्ना कुरा खुलस्त राख्ने कुरामा चुक्छन र कामको खाजीमा भौतारिन्छन, खिलेन्द्रले आफ्नो अनुभव सुनाउदै भने । एउटा अस्ट्रेलियन युवा काम माग्न आयो भने,उसले सिधै को हो स्टोर मेनेजर एक पटक भेटु भनेर ढुक्कले आफ्ना कुरा राख्छ र काम पनि पाइहाल्छ । हाम्रा नेपाली दाजुभाइ गेटतीर बसेकालाई ,यहा काम पाइन्छ भनेर सोध्छन अनि केहि थाहा नभएको सदस्यले खोइ थाहा छैन भनेपछि फर्कन्छन,यो सबैभन्दा ठुलो आत्मबिश्वासको कमी हो, वकिल तिम्सीनाले अस्ट्रेलिया बसाइको अनुभव सुनाए । पेशाले इन्जिनियर तथा एनआरएन अस्ट्रेलियाका महासचिब ज्ञानेन्द्र रेग्मी भने पेशामा अब्बल भएपनि यहाँंको श्रम बजारका लागि आवश्यक केहि ज्ञानको अभावमा नेपालीहरुले पढेअनुरुप जागिर नपाएको बताउछन । पहिलो कुरा यँंहाको भाषा र शैली अनि प्रस्तुत हुने तौर तरिका र आवेदन दिदाँ आवश्यक सामाग्रीहरु महत्वपुर्ण रहेको महाचिब रेग्मीले सुनाए । हाम्रो आफ्नो भाषा नभएकोले उनिहरुले स्पष्ट बुझने शैलीमा बोल्ने, आवरण र डकुमेन्टेसनको सवालमा हामी धेरै काचो रहेका छौ,यसमा सुधार गर्ने हो भने नेपालीहरुले पनि ब्यवशायीक पेशामा सहजै काम पाउन सक्छन ,आफुले भोगेका अनुभव साटे महासचिब रेग्मीले । बिध्यार्थी जिवनवाट ब्यवशायीक एकाउन्टेन्टको प्रतिस्पर्धामा खरो उत्रिएका डीला खरेल नेपाली बिध्यार्थीहरुमा स्मार्टनेशको कमी रहेको बताउछन । पढाइ र लेखाइ भन्दा अनुभव र काम बिक्ने अस्ट्रेलियामा फुर्तीलो हुनु जरुरी छ । लगाइ,खवाइ अनि बोलीचाली र भाषा पहिलो प्राथमिकता भित्र पर्दछन । तपाइले देखाएको हाउभाउका आधारमा कयैन कामहरु आफै आकर्षित हुन सक्छन, खरेलले आफ्नो अनुभव सुनाए । कामसँंगै आत्मबिश्वास र फुर्तीला केटाहरुले यहाँं दिन दोब्बर र रात चौब्बर प्रगती पनि गरेका छन । तर हाम्रा अधिकांश भाइ बहिनी यस कुरामा भने पछाडी देखेको छु ,जसका कारण यहाँंको प्रतिस्पर्धी बजारमा उनिहरु पछाडि परेका छन , खरेलले भने । शैक्षिक परामर्श केन्द्रहरुको छाता संगठन एकाका अध्यक्ष तथा राइट एन्ड एशोसियट्सका निर्देशक परशुराम अधिकारी नेपाली बिध्यार्थीहरु शैक्षिक सवालमा उत्कृष्ट देखिएपनि स्मार्टनेशका सवालमा केहि कमजोर रहेको तथ्य स्वीकार्छन । यसैका कारण मात्र हैन बदलिदो परिस्थीतीमा प्रतिस्पर्धा बढदै गएको कारण काम पाउन केहि कठिन देखिएको बताउछन । हरेक कुरा गर्दै अनि सिक्दै जाने हुनाले प्रारम्भमा केहि अप्ठ्यारो भएपनि केहि दिन अनि महिनामा राम्रै परिणाम आउने गरेको हामीले पाएका छौ, अधिकारीले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्