नेभिगेशन
LEADING_MAIN

अस्ट्रेलिया तथा न्युजिल्यान्ड आवत जावतमा प्रतिवन्ध

कोरोना भाइरस र यसको बढ्दो प्रभावका कारण गत बुधवार मात्रै आफ्ना नागरिकलाई बिदेश जानवाट रोक लगाएका अस्ट्रेलियन सरकारका प्रधानमन्त्री स्कट मरिसनले बिहीबार यहाँको पीआर र नागरिक बाहेक अन्य सबैलाई अस्ट्रेलिया प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेका छन । निकै आश्चर्यका रुपमा लिइएको अस्ट्रेलियन सरकारको यो निर्णयले अब यहाँंका नागरिक र पीआर होल्डर अनि तिनका नजिकका नातेदारले मात्र अस्ट्रेलिया प्रवेश पाउने भएका छन । अस्ट्रेलिया प्रवेश पाएकाको हकमा पनि उनीहरू सबैले सेल्फ आइसोलेसनमा १४ दिन अनिवार्य बिताउनु पर्नेछ। “मेरो बिचारमा नागरिकलाई यस रोगवाट बचाउन थप उचित कदम लिने बेला आइसकेको छ र नागरिक, स्थायी रूपमा बसोबास गर्ने मानिसहरू वा तिनका नजिकका परिवार बाहेक अन्यलाई आउन दिने छैनौँ,” मरिसनले राजधानी क्यानबेरामा पत्रकारसम्मेलनमा बताए। कोरोना भाइरसले अस्ट्रेलियामा तिब्र रुप लिन थालेपछि सरकारले पछिल्लो कडा कदमका रुपमा यो निर्णय अगाडि सारेको हो । यस निर्णयका कारण कयैन पेशाहरु यतिखेर संकटमा परेका छन भने यहाको शेयर कारोबार निकै मुनि समेत खस्केको अवस्था रहेको छ । तेलको मुल्यमा भारि गिरावट आएको छ भने अन्तर्राष्ट्रय बजारमा अस्ट्रेलियन डलरको मुल्य समेत घटेको अवस्था रहेको छ । प्रधानमन्त्री स्कट मरिसनको घोषणा भन्दा केही घन्टा अघि मात्र न्युजील्याण्डकी प्रधानमन्त्री जसिण्डा आर्डर्नले पनि बिदेशी नागरिकलाई आज मध्यरात देखी लागु हुने गरी प्रवेशमा रोक लगाएकी छिन । यसअघि अस्ट्रेलियामाइरानी, इटालीयन र दक्षिण कोरियाली र चिनियाँ नागरिकलाई मात्र अस्ट्रेलिया प्रवेशमा बन्देज लगाइएको थियो तर आज मध्यरातदेखि लागु हुने गरी बिहिबार नया निर्णय आएको हो । “हामीले लिएका निर्णयहरूले अवश्य पनि धेरैलाई प्रभाव पारेको छ तर यो कदम मुलुकको हितका लागि आवश्यक रहेकोले हालका लागि गरिएको हो केहिपछि जुन फेरी परिष्कृत गर्न सकिनेछ,” प्रधानमन्त्री मरिसनले भने। अस्ट्रेलियामा हालसम्म देखिएका कोरोनाका पाँंच सय ६५ सक्रमण मध्ये करिब ८० प्रतिशत बाहिरबाट अस्ट्रेलिया आएका मानिसहरू र तिनका संसर्गमा रहेका मानिसहरूमा भेटिएको जनाइएको छ। तास्मानियामा पनि अनिवार्य क्वारेन्टाइन अस्ट्रेलियाको तास्मानिया राज्यमा समेत कोरोना भाइरसको बिपत्तीवाट बच्न यहा अत्यावश्यक वाहेक अन्य ब्यक्तीलाई क्वारेन्टाइनमा राखिने सरकारले निर्णय गरेको छ । यहा आइपुग्ने सबै यात्रुहरूलाई उक्त टापु राज्यमा पाइला टेक्ने बित्तिकै उनीहरू अत्यावश्यक कामका लागि त्यहाँ पुगेका हुन् कि हैनन् भनेर जाँच गरिनेछ।उक्त परीक्षण पश्चात् अत्यावश्यक ठहर नगरिएका यात्रुहरूलाई उनीहरूद्वारा पुर्व्निर्धारित रूपमा तोकिएको स्थानमा नै क्वारेन्टाइनमा बस्न निर्दे्शित गरिने पनि स्थानीय अधिकारीहरूले बताएका छन छ।यस नयाँ आदेशको उल्लङ्घन गरेको पाइएमा १६ हजार डलरसम्मको जरिवाना हुने पनि बताइएको छ । -एजेन्सीहरु
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्