नेभिगेशन
LEADING_MAIN

क्यानबेरा नेप्लीज क्रिकेट क्लबलाई स्थानिय लिग उपाधि

हेमन्त काफ्ले क्यानबेरा, १९७८ मा स्थापना भएको क्यानबेराको स्थानिय सीसीयससी लिगमा क्यानबेरा नेप्लिज क्रिकेट क्लब (सीएनसीसी) ले सहभागीताको चौथो बर्षमा ग्रेड २ को उपाधि चुमेको छ। सीएनसीसीले ग्रेड २ मा भने बलिया प्रतिद्धन्द्धीहरुलाई पाखा लगाउदै उपाधि हात पारेको हो । स्थापना काल देखिनै विभिन्न प्रतियोगितामा सहभागिता जनाएपनि सीएनसीसीको यो पहिलो उपाधि हो। सीएनसीसीले फाइनलमा लायन्सलाई ९४ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । शनिबार क्यानबेरामा सम्पन्न फाइनलमा टस जितेर ब्याटिङ रोजेको सीएनसीसीले निर्धारित ४५ ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ९७ रन बनाएको थियो। कप्तान प्रेम चौधरी र सहिल श्रेष्ठले संयमित सुरुवात गरेका थिए । प्रेम १९ रन बनाई क्याच आउट भए भने सहिलले ५४ रन को महत्वपुर्ण पारी खेलेका थिए। यसै गरि उपकप्तान आशिष देवकोटाले बिष्फोटक ब्याटिङको प्रर्दशन गर्दै ४३ रन बनाए । अन्य खेलाडीहरुमा प्रशान्त बिष्टले २४ रन र सफल घिमिरेले २३ रन जोडे । जवाफमा दोस्रो ब्याटिङ गर्न आएको लायन्स क्रिकेट क्लब सीएनसीसीको कसिलो बलिङ र फुर्तिलो फिल्डिङको जवाफ दिन नसक्दा ३८ ओभरमा अल आउट हुदै एक सय ३ रनमा सीमित भएको थियो । आफ्नो इनिङको पहिलो बलमा रन आउट बाट विकेट गुमाएको लायन्स पुरै समय दबाब मै रहयो। सीएनसीसी को तर्फ बाट उत्कृस्ट बलिङ्ग गर्दै बिनय कार्कीले ४ विकेट लिएका थिए भने सन्जय भट्टले दुइ विकेट हात पारेका थिए । नेपाली टिम लाई हौसला प्रदान गर्न नेपाली राजदुत महेश दाहाल, समाजीक अगुवा डा कृष्ण हमाल, एनआरएनका उपाध्यक्ष चुडामणि सापकोटा, एनआरएनका सदस्य ललित मल्ल ,राजु अधिकारी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधी तथा क्यानबेराबासी नेपाली समुदायको उल्लेखनिय सहभागिता थियो । जितपछि खेलाडीलाई राजदुत दाहालले बधाइ ज्ञापन गर्दै खेलकुद मुलुक चिनाउने महत्वपुर्ण माध्यम रहेको र खेलाडी देशका सदभावना राजदुत भएको जिकिर गरे । जितपछि कप्तान प्रेम चौधरीले अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपालीको शसक्त क्रिकेट टिम छ भनेर प्रमाणित गर्नु आफैमा महत्वपुर्ण बिषय भएको बताए । जित भन्दा पनि स्थानिय अस्टन्ेलियनहरुसँंग क्रिकेट खेल्दा नेपाली टिम भनाउन पाउनु गौरवको बिषय भएको चौधरीले सुनाए । खेलाडी को हौसला बढाउन मुख्य प्रायोजक रहेको हिमालयन बिजनेस ग्रुपले फाइनलको लागि विभिन्न आकर्षक नगद पुरस्कार राखेको थियो। जसमा छकका प्रहार गर्ने खेलाडीलाई एक छक्का वापत पचास डलर र क्याच लिए बापत एक क्याचको पचास डलर पुरस्कार रहेको थियो । “सीएनसीसी “ ले २४ हप्ता लामो सिजनमा उत्कृस्ट खेल प्रदशन गर्ने खेलाडी हरुलाई विभिन्न विधामा सम्मान गर्दा कप्तान प्रेम चौधरीले दुइ सय डलर सहीत आउट स्टान्डीङ खेलाडीको पुरस्कार पाए। यस्तै प्रशान्त बिष्टले मोष्ट भ्यालुएबल प्लेयरको उपाधि हात पार्न सफल भए । ५४ रन बनाउदै १ विकेट र १ क्याच लिएका सहिल फाइनलका उत्कृस्ट खेलाडी घोषित भए । यस्तै बिनय कार्की उत्कृष्ट बलर र आशिष देवकोट उत्कृस्ट ब्याट्सम्यान घोषित भएका थिए । विनयले यस लिगमा कुल ५२ विकेट लिएर लिगकै उत्कृष्ट खेलाडीको उपाधि समेत हात पारे । हिमालयन बिजनेस ग्रुप, मल्टि डाइनामिक क्यानबेरा, एसबिए मोर्ट्गेज सोल्युसन, मुस्तांङ नेपाली रेस्टुरेन्ट सीएनसीसीका मुख्य प्रायोजकहरु रहेका छन् भने अम्पावर लिभिङ, दि यात्री इभेन्ट्स र काठमाडौँ ट्राभल्स एंड टुर्स सह प्रायोजक हरु हुन्। रजिस्ट्रेशन फि, खेलाडी बिमा लगायतका आबस्यकता परीपूर्ति गर्न प्रायोजकको भूमिका उल्लेखनिय रहेको बताउछन सीएनसीसीका सचिब सुबर्ण कुँवर । क्लबका ब्यवस्थापक ललित मल्ल क्रिकेटको माध्यमवाट नेपाली समाजलाई एकताको सुत्रमा बाध्ने अभियानमा सीएनसीसी लागेको बताए । स्थानिय लिग क्रिकेटमा सहभागिताले मुलुकको पहिचानसँंगै प्रतिभाको कदर र सम्मान हुने हुनाले क्लब यसमा लागिपरेको बताउछन । क्लबका टिम मेनेजर राजु अधिकारीले यस पटक सीएनसीसी ब्याटिंङ बलिङ्ग र फिल्डिंङमा निकै शसक्त प्रमाणित भएको कारण उपाधि हात पार्न सफल भएको बताए । “बलिङ हाम्रो पहिले नि राम्रो थियो, तर यो बर्ष हाम्रो टिम को ब्याटिंङ अनि फिल्डिङ पनि चुस्त देखियो । क्लब अध्यक्ष कमल आचार्यले आज को दिन अस्ट्रेलियाको नेपाली समाजले नै गर्ब गर्ने दिन रहेको बताए । “आज म संग यो खुसि ब्यक्त गर्ने सब्द नै छैन,यो सबै खेलाडी, ब्यबस्थापक टिम, लिडरशिप टिम अनि प्रायोजकको संयुक्त प्रयासमा हासिल भएको सफलता हो। यसमा हामी क्यानबेरा बासी नेपाली मात्र होइन पुरै अस्ट्रेलिया बासी नेपालीको शिर उचो भएको छ ,उनले सुनाए । क्लबको ब्यबस्थापन टिमका अन्य सदस्य हरुमा कृष्ण सुबेदी, सन्तोष धामी, बसन्त भट्ट, सहिल श्रेष्ठ, अर्जुन ज्ञवाली, युबी बराल, प्रतिश रिजाल र प्रविन आचार्य रहेका छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्