नेभिगेशन
नेपाल समाचार

क्यानबेरामा नेपाली क्रिकेटको कमाल

अस्ट्रेलियालाई क्रिकेटको उर्बरभुमीका रुपमा पनि लिइन्छ र यहा संभावनाका अनेकन पाटाहरु रहेका छन । यसै क्रममा अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाली समुदाय बाक्लीदैजाँंदा क्रिकेटको माध्यमले समुदायलाई जोड्ने प्रयास समेत प्रारम्भ भएको छ । क्रिकेटको माध्यमवाट नेपालको परिचय स्थापीत गर्ने क्रममा नेपाली युवाहरुले खोलेको क्यानबेरा नेप्लीज क्रिकेट क्लब(सीएनसीसी)ले स्थानिय लिग क्रिकेटमा समेत आफ्नो सहभागिता जनाएर महत्वपुर्ण अवसर श्रृजना गर्ने काम गरेको छ । सीएनसीसी यतिखेर ग्रेट दुइको लिगमा रमाइरहँंदा शनिबार स्थानिय अस्ट्रेलियनसँंग फाइनलमा भिड्दै छ । यो महत्वपुर्ण अवसर पनि हो र पहिलो पटक नेपाली टिम फाइनलमा पुगेको छ, सीएनसीसीका कप्तान प्रेम चौधरीले बताए । नेपालीवाट युथ १९ बिश्वकपमा तिन पटक सहभागिता जनाएका प्रेम कुनै जमानामा राम्रा ब्याट्सम्यानका रुपमा कहलिएका थिए । उच्च अध्यनमा बिदेसिनुपर्दा क्रिकेटवाट केहि अलग भएका प्रेम फेरी अस्ट्रेलियाको राजधानीमा आएर क्रिकेटसँंग जोडिएका छन । डिभिजन दुइको सेमिफायन्लमा क्यानबेराको स्थानिय क्वीनवियन टिमलाई ४३ रनले हराउदै सीएएनसीसी फाइनलमा पुगेको थियो । फाइनलमा सीएनसीसीले शनिबार लायन्स क्रिकेट क्लब क्यानबेराको सामना गर्ने छ । जसमा कप्तान प्रेमले ४३ र आशिष देवकोटाले ४४ रन बनाएका थिए । जसमा सीएनसीसीका बलर साहिल श्रेष्ठले महत्वपुर्ण छ विकेट हात पारेका थिए । अस्ट्रेलियन खेलाडी माइकल क्लार्कको आखामा परेपछि सन्दिप लामिछानेले ब्यवशायीक क्रिकेटमा छलाङ मारेको प्रशंगलाई जोड्दै क्रिकेटर प्रेम चौधरी भन्छन,हाम्रा लागि क्रिकेट प्यासन भएपनि नया प्रतिभाशाली खेलाडीका लागि आफ्नो कुशलता प्रर्दशन गर्ने र माध्यमपनि बन्ने बिश्वास लिएका छौ । क्यानबेराका चिसो मौसमा पनि हरेक विकेन्ड क्रिकेटमा रमाउने खेलाडीहरुको समुहले यसलाई केहि बर्ष अगाडि यो क्लबको परिकल्पना गरेका थिए । तर अहिले तिन बर्षको अन्तरालमै क्लबले यस सिजनको क्यानबेराको डिभिजन दुइको फाइनलमा स्थान बनाइसेकेको छ । राजनितीवाट टाढा रहेर नेपाली समाजलाई जोड्ने र युवावर्गलाई समेटने काममा सीएनसीसीले महत्वपुर्ण भुमिका निर्वाह गरेको एनआरएन अस्ट्रेलियाका एनसीसी सदस्य तथा ब्यबस्थापक ललित मल्ल बताउछन । क्यानबेरामा पहिलो पटक कुनै नेपाली टिमले फाइनलमा प्रवेश पाएको छ, यो हाम्रो लागि महत्वपुर्ण बिषय हो । क्यानबेरा नेप्लीज क्रिकेट क्लबमा प्रशान्त बिष्ट, आशिष देवकोटा,वशन्त भट्ट, सन्जय भट्ट, विनय कार्की, अर्जुन केसी , साहिल श्रेष्ठ, बिकल शाही,कुसु कलवार र सफल घिमिरे र असिम सुबेदी रहेका छन । बिदेशमा बसेर पनि खेलकुदको माध्यमवाट नेपाल र नेपालीको परिचय स्थापीत गर्नु महत्वपुर्ण बिषय भएको क्लबका अध्यक्ष कमल आचार्य बताउछन । हामीले क्रिकेट खेल्दैगर्दा नेपाली टिम भनेर जसरी चिनिने गर्छ यसले कतै न कतै मुलुकको प्रतिनिधित्व गरेको महशुस हुने गर्छ,आचार्यले सुनाए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्