नेभिगेशन
LEADING_MAIN

सिड्नीमा मरिष्का थेरापी प्वाइन्टकी ब्राण्ड एम्बेसडर

नेपाली सिनेमाकी अभिनेत्री एबं मोडल मरिष्का पोखरेल थेरापी प्वाइन्ट की ब्राण्ड एम्बेसडर नियुक्त भएकी छिन। बिभिन्न सांगितिक कार्यक्रममा सहभागि हुन गत हप्ता मात्र अष्ट्रेलियाको सिड्नी आएकी मरिष्कालाई थेरापी प्वाइन्ट,ऐजुकेसन तथा माइग्रेसन कर्नर र नेसन वाइड स्टेट ऐजेन्ट रियल स्टेटका प्रमुख सुनिल उप्रेतीले ब्राण्ड एम्बेसडर नियुक्त गरेका हुन । सिड्नीको लिडकममा रहेको वाइट पार्कमा भब्यताका साथ मनाईएको सिड्नी होली मेलाको कार्यक्रम बीच मरिष्कालाई ब्राण्ड एम्बेसडर घोषणा गरिएको थियो । होली मेलामा करिब दुई हजार भन्दा बढी नेपालीहरूको सहभागिता रहेको कार्यक्रम बीच मरिष्का थेरापी प्वाइन्टकी ब्राण्ड एम्बेसडर घोषणा भएकी हुन । यो थेरापी प्वाइन्टका सन्चालक सुनिल उप्रेती यो बिषय र बिधामा सक्रिय अष्ट्रेलियाकै पहिलो नेपालीमा पर्दछन -‘ मरिष्काजीलाई थेरापी सम्बन्धि ज्ञान पनि भएको र यस बिषयमा उहांले अध्ययन पनि गर्नु भएकोले उपयुक्त ब्यक्ति ठानेपछी उहांलाई हामीले आग्रह गरेका हौ। उहांले पनि मान्नु भयो -‘ उप्रेतीले जानकारी दिए । मरिष्का पछील्लो समय सालको पात बोलको गीतको म्यूजिक भिडियोबाट चर्चामा आएकी अभिनेत्री हुन ।उनि के म तिम्रो होइन र ? मिष्टर भर्जिन लगाएतका चलचित्रकी नायिका हुन -‘ आफूले जानेको, पढेको र ज्ञान भएको बिषयमा आबद्द हुन पाउनुलाई म अबसरकै रूपमा लिन्छु । मलाई ब्राण्ड ऐम्बेष्टरको रूपमा बिश्वास गर्नु भयो । म उहांहरुको बिश्वासलाई सगौरब निभाउने छु -‘ सिड्नीमा भेटिएकी मरिष्काले भनिन् । अहिले सुनिलको थेरापी प्वाइन्ट सिड्नीको क्याम्बेलटाउनमा छ भने चांडै यसको शाख सिड्नीकै सेभेन हिल्सबाट पनि सन्चालनमा आउने भएको छ -‘ हामीबाट अहिले साइकोलोजी थेरापी,अकुपेसनल थेरापी र स्पीच थेरापीको सुबिधा प्राप्त गर्न सक्नुहुन्छ भने हामी चांडै यो बाहेक फिजियो थेरापी पनि शुरू गर्दै छौं -‘ सुनिलले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्