नेभिगेशन
LEADING_MAIN

पर्थमा खेलुकद महोत्सव सम्पन्न

पर्थ ,(अस्ट्रेलीया) खेलुकदको माध्यमवाट नेपालीमन जोड्ने अभियानमा लागेको पश्चिम अस्ट्रेलियाको नेपाली समाजले एक भब्य कार्यक्रमको आयोजना गरेर खेलाडीलाई पुरस्कृत तथा सम्मानित गरेको छ । वेस्टर्न अस्ट्रेलिया स्पोर्टस कम्युनिटीको आयोजनामा पर्थमा आयोजना भएको खेलुकद महोत्सवमा क्रिकेट र फुटबल अन्तर्गत बिभिन्न बिधामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीहरुलाई एनआरएन अस्ट्रेलियामा सचिब उषा बारिया पोखरेल, अस्ट्रेलियन नेपाली पत्रकार महासंघका संयोजक हेमन्त काफ्ले ,समाजिक अभियन्ता सुवास श्रेष्ठ , भैरव ढकाल, फ्रेन्ड्स अफ नेपालका दिपक शाक्य , वेस्र्टन अस्ट्रेलिया क्रिकेट संघका नविन बिडारी लगायतले पुरस्कार तथा पदक बितरण गरेका थिए । महोत्सवको क्रिकेटबिधातर्फ पर्थ नेपाली क्रिकेट क्लब र नेपाल वारियर क्रिकेट क्लबले संयुक्त रुपमा उपाधि हात पारेका थिए । यस्तै क्रिकेटतर्फ वेस्ट ब्याट्सम्यानमा पीएनसीसीका उत्सव ठकुरी, वेस्ट बलरमा उत्सव खड्का र उदयीमान खेलाडीको उपाधी अमित शाह र प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि प्रसिम भण्डारीले हात पारेका छन । यस्तै क्रिकेटको फेयर प्ले ट्रफी पर्थ नेपाली क्रिकेट क्लबले हात पारेको छ। महोत्सवको फुटबलतर्फ उत्कृष्ट खेलाडी र वेस्ट मिडफील्डरको उपाधि दिलिप थापाले हात पारेका छन भने वेस्ट डिफेन्डरको उपाधि सुरेन गुरुङले हात पारेका छन । यस्तै उत्कृष्ट गोलरक्षकको उपाधि बिरजंग रोकाया तथा उच्च गोलकर्तामा रविन्द्र कुवर र सुदिप खड्काले संयुक्त रुपमा ट्रफी हात पारे । कार्यक्रममा पर्थको नेपाली समाजमा खेलकुदको माध्यमवाट समाजीक कार्यमा अग्रणी भुमिका निर्वाह गरेका आङदावा शेर्पालाई बिशेष पुरस्कार प्रदान गरिएको थियो । खेलकुदको बिकास र बिस्तारमा सहयोग पुरयाएवापत कार्यक्रममा एक्सपर्ट एजुकेशनका दिपेन्द्र चौधरीलगायतलाई सम्मानपत्र बितरण गरिएको थियो । पश्चिम अस्ट्रेलियामा नेपाली समाज बाक्लीदैजाँंदा यसलाई राजनितीवाट टाढा राखेर एक आपसमा अपनत्व बढाउने काममा खेलकुदले बिशेष भुमिका निर्वाह गरेको कार्यक्रमका संयोजक सुवास श्रेष्ठले बताए । यहा बिशेष गरि बर्षभरीनै बिदाको दिन फुटबल र क्रिकेटका प्रतियोगिताहरु आयोजना गरिदै आएको छ भने पछिल्ला दिनमा भलिबल र बास्केटलजस्ता खेलहरुले पनि महत्वभित्र पर्न थालेका छन । कार्यक्रममा आकर्षणका रुपमा नेपाल आइडलकी पुरानी प्रतिभा केन्जल महेर श्रेष्ठ रहे थिइन । उनले केहि नया पुराना गित गाएर खेल महोत्सवलाई रंगिन बनाएकी थिइन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्