नेभिगेशन
LEADING_MAIN

तास्मानिया पुग्यो एक्सपर्ट एजुकेशन

पढाइसँंगै स्थायीत्वको खोजीमा अस्ट्रेलियाका बिभिन्न राज्यमा नेपाली बिध्यार्थीहरुको संख्या हवात्तै बढ्न थालेपछि सेवाग्रहीहरुको नजर पनि त्यता पर्न थालेको छ । यतिखेर पढाइ सकेर पीआरको खोजीमा हजारौ नेपाली बिध्यार्थी तास्मािनया पुगिरहेको सन्दर्भमा अध्यागमन तथा शैक्षिक परामर्श सेवाका लागि बिभिन्न शैक्षिक परामर्श तथा अध्यागमन केन्द्रहरु त्यसतर्फ आर्कषित भएका छन । एक्सर्पट एजुकेशन एन्ड भिषा सर्भिसेजले नेपाली बिध्यार्थीहरुको चाप र आवश्यकता महशुस गर्दै अस्ट्रेलियामा आफ्नो एघारौ शाखाका रुपमा तास्मानियामा हालै नया अफीस खोलेको छ । एक्सपर्ट एजुकेशन एन्ड भिष सर्भिसेजका निर्देशक बद्री अर्यालले एक समारोहबिच तास्मािनयाको राजधानी होर्वाटमा खोलिएको एक्सपर्टको नया शाखाको उदघाटन गरे । कार्यक्रममा निर्देशक अर्यालले नेपाली बिध्यार्थीका विविध समस्या र आवश्यक परामर्शका लागि एक्सपर्ट होवार्ट आइपुगेको बताए । सेवाग्रहीहरु बढेसँंगै यसको आवश्यकता महशुस गरिएकोले एक्सपर्टले आफ्नो ध्यान यसतर्फ केन्द्रित गरेको निर्देशक अर्यालले सुनाए । कार्यक्रममा एनआरएन तास्मािनयाका संयोजक शन्देश परियार र नेप्लीज सोसाइटी अफ तास्मािनयाकी अध्यक्ष पुनम पन्तले एक्सपर्टको सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा एक्सपर्टका प्रमुख कार्यकारी मन्जित घिमिरेले शिक्षा र दिक्षा भन्ने बिषय जिवनकै महत्वपुर्ण पक्ष भएकोले बिध्यार्थीको आवश्यकतामा सहयोगी भुमिकामा देखिने एकसपर्टको प्रयास जारी रहेको बताए । घिमिरेले भने,अन्तराष्ट्र्रिय क्षेत्रमा ३७ औ शाखाका रुपमा एक्सपर्टले तास्मानिया आइपुग्दा बिध्यार्थीकोसाथ र माया ममता पाएको छ, सेवाग्रहीहरुको सन्तुष्टीनै एक्सपर्टको प्रमुख उद्देस्य भएकोले यसमा कतइ कमी आउन नदिने कुरामा संस्था कटिबद्ध रहेको सुनाए । होवार्ट शाखाको जिम्मेबारी भने अनुभवी युवा रसीक श्रेष्ठले लिएका छन ।यहा रहेका नेपाली बिध्यार्थीका समस्या र सहुलियतका सवालमा एक्सपर्टले आफुले जाने र भ्याएसम्मको सहयोग पुरयाउने श्रेष्ठले बताए । कार्यक्रममा एक्सपर्टका टीएन अर्याल, मेघा अमात्य लगायतको उपस्थीत रहेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्