नेभिगेशन
LEADING_MAIN

अस्ट्रेलियामा कमेडी च्याम्पीयन

चोलेश्वर तिवारी विगतका बर्षहरु देखि फरक र अलग प्रस्तुतीका रुपमा केहि रियालीटी शो हरु नेपाली मानसपटलमा बस्दै आएका छन । यसै क्रममा नेपाल आइडल, भ्वाइस र अहिले कमेडी च्याम्पीयन नेपाली दर्शक श्रोताका रुचाएका कार्यक्रममध्येका पर्छन । यसमा पनि केहि फरक शैलीको रियालीटी शो कमेडी च्याम्पीयन दर्शक श्रोताले रुचाएको नया कार्यक्रमका रुपमा चिनिन्छ । हयापी इन्टरटेन्टमेन्टको आयोजना तथा डेस्टीनेशन फाउन्डेशन एजुकेशन एन्ड भिषा सर्भिसेजको प्रस्तुतीका रुपमा आउदो अप्रील महिनाको ११ तारिख सिड्नीको लिडकमस्थीत वायट पार्कमा मा कमेडी च्याम्पीयन हास्यब्यङ्ग कायक्रम आयोजना हुने भएको छ । शनिबार रेस्ट रियल स्टेटमा आयोजित पत्रकार सम्मेलनमा आयोजक हयाप्पी इन्टरटेन्टमेन्टको तर्फवाट सन्तोष आचार्यले कमेडी च्याम्पीयनका प्रमुख तिन कलाकार र निर्णायक मनोज गजुरेललाई सीड्नी ल्याउन लागिएको बताए । हाल छनोटक्रममा रहेको सो कार्यक्रमका कलाकारहरुको नाम अहिलेनै घोषणा गर्न कठिन रहेता पनि प्रमुख तिनलाई ल्याउने सहमती भैसकेको आचार्यले बताए । कार्यक्रममा डेस्टीस्नेशन फाउन्डेशनका तर्फवाट उद्धव पाखरेलले यस श्रंखलाको बिश्व भ्रमणको एक बर्षका लागि जिम्मा पाएको सन्दर्भमा अस्ट्रेलियामा हयाप्पी इन्टरटेन्टमेन्टले यसलाई हगाडि बढाएको बताए । कार्यक्रमको मुख्य प्रायोजक रेस्ट रियल स्टेटका प्रीन्सीपल डाइरेक्टर सरोज प्रकाश पण्डीतले हास्ने र हसाउने बिषय जिवनकै महत्वपुर्ण अध्याय रहेको सन्दर्भमा रेस्टले यस कार्यक्रमलाई प्रायोजन गरेको बताए । ब्यस्त दैनिकी र कामवाट फुर्सत निकालेर प्रवासी नेपाली समाज हास्न सकोस र खुसी भएर बाच्न सकोस भन्ने हाम्रो प्रायोजनको मुख्य उद्देस्य हो, पण्डीतले बताए । कार्यक्रममा एनआरएनका महासचिब डा ज्ञानेन्द्र रेग्मीले अस्ट्रेलिया कार्यक्रमका नाममा मानव तस्करीको समाचार आइरहेको अवस्थामा यसले नेपाली समाजलाई बदनाम गरिरहेकोले आयोजकहरु यस बिषयमा सजग हुनुपर्ने बताए । सम्ेमलनमा एनआरएनका भिजिट नेपाल ओसेनिया संयोजक दिनेश पोखरेल,उपाध्यक्ष देव गुरुङ, अर्वन नेप्लीज कम्युनिटीका अध्यक्ष अशोक उप्रेती, एनआरएनका सदस्य पुर्णनाथ घिमिरे, रेष्टका निर्देशकद्धय सुरेन्द्र श्रेष्ठ र प्रदिप श्रेष्ठले कार्यक्रमको सफलताको कामना गरेका थिए । कार्यक्रमलाई एक्सपर्ट एजुकेशन एन्ड भिषा सर्भिसेज, प्यासेफीक कलेज लगायतले सहयोग गरेका छन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्