नेभिगेशन
LEADING_MAIN

पर्थमा खेलकुद अर्वाड हुने

वेस्र्टन अस्ट्रेलिया नेपाली समाजको आयोजनामा आउदो फेब्रुअरी महिनाको २९ तारिखका दिन पर्थमा खेलकुद अर्वाड कार्यक्रम आयोजना भएको छ । वेस्टर्न अस्ट्रेलियाको पर्थलाई केन्द्रबिन्दु बनाएर बसेका नेपाली समाजमा आपसी भाइचार अभिबृद्धी गर्ने उद्देस्यले केहि बर्षदेखि आयोजित फुटबल,क्रिकेट र भलिबल खेललाई समेटेर स्पोर्टस अर्वाड कार्यक्रम आयोजना गर्न लागिएको यसका संयोजक सुवास श्रेष्ठले बताए । पुराना दिनमा फुटबलसँंग गासिएका दाङ थातथलो भएका सुवास श्रेष्ठले पर्थमा मात्र नभइ एनआरएन आइसीसीमा समेत खेलकुद बिभामा रहेर काम गरिसकेका छन । खेलकुद नपालीहरुलाई प्रवासमा एकतामा बाध्ने महत्वपुर्ण माध्यम हो ,यसैले पनि यसमा सबैको सहभागिता रहदै आएको छ, श्रेष्ठले बताए । दाङमा आफ्नो निजी खर्चमा फुटबल मैदानको निमार्ण र प्रतियोगिता समेत सन्चालन गर्दै आएका सुवास श्रेष्ठ खेलुकदप्रेमीका रुपमा चिनिन्छन । पर्थमा जारी फुटबल लिग र क्रिकेट लिग अनि भलिबलका विजेता खेलाडीका साथै उत्कृष्टहरुलाई सो अर्वाड कार्यक्रममा सम्मान गरिने आयोजक श्रेष्ठले बताए । एनआरएन अभियानमा समेत सहभागि सुवास श्रेष्ठले यस पटक स्थानिय खेलाडीको प्रोत्साहनका लागि अर्वाड समारोह र मनोरन्जनको लागि नेपालवाट नेपाल आइडलकी केन्जल श्रेष्ठलाई बोलाइन लागेको बताए । करिब आठ हजार नेपालीको बसोबास रहेको पश्चिम अस्ट्रेलियाको राजधानी पर्थमा हरेक हप्ता बिदाको दिन फुटबल र क्रिकेट लिग आयोजना हुने गर्दछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्