नेभिगेशन
LEADING_MAIN

एनएडीएफको साधारणसभा सम्पन्न

सुरेन्द्र सापकोटाको नेतृत्वमा नया कार्यसमिती चयन नेपाल अस्ट्रेलियन डेमोक्रयाटीक फोरम(एनएडीएफ)को दशौ साधारण सभा सीड्नीमा भब्य रुपमा सम्पन्न भएको छ । साधारणसभामा प्रमुख अतिथीका रुपमा निम्त्याइएका छायाँ सरकारका परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेस नेता नारायण खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई साम्यवादतर्फ लैजान खोजेको आरोप लगाएका छन्। कांग्रेसले २०४८ सालमा मुलधारको राजनीतिमा डोर्‌याएर ल्याएको तत्कालीन एमाले (हालको नेकपा)ले अहिले साम्यवादी चेहरा देखाउन खोजेको उनको आरोप थियो । ‘ओलीजी उत्तर(चीन)को आशीर्वादमा चल्न खोज्नुभएको छ, राज्यका सबै क्षेत्रको अधिकार कटौती गरी शक्ति आफ्नो हातमा लिन खोज्दै हुनुहुन्छ,’ नेप्लिज अस्ट्रेलियन डेमोक्रेटिक फोरमको साधारणसभा उदघाटन गर्न अस्ट्रेलियाको सिड्नी आइपुगेका नेता खड्काले भने, ‘चीन र कोम्वोडियाको मोडलमा प्रधानमन्त्रीले सरकार सञ्चालनको अभ्यास गर्नु भनेको देशलाई साम्यवादतिर लैजानु हो।’ मिडिया काउन्सिल विधेयक ल्याएर मिडियामाथि नियन्त्रण गर्न खोज्ने र राज्यका सबै क्षेत्रमा प्रधानमन्त्रीले हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै नेता खड्काले देशलाई राष्ट्रपतीय पद्धतिमा लैजानसक्ने खतरा बढेको बताए। दुई तिहाइको सरकारले मात्र देशमा समृद्धि नआउने भन्दै नेता खड्काले राजनीतिक, आर्थिक र सामाजिक रूपमा सरकारले सन्तुलन मिलाउन सक्नुपर्ने धारणा राखे। कार्यक्रमका बिशेष अतिथी एनपी साउदले प्रेस स्वतन्त्रता, नागरिक अधिकार, जनताको मौलिक अधिकारविरुद्ध ओली सरकारको पछिल्ला कदमले प्रजातन्त्रबादीहरु शंसकीत भएको बताउदै आर्थिक, धार्मीक, संस्कृति साथै विदेश नीतिमा सन्तुलन मिलाउन सकेन भने दुई तिहाइ सरकार कुनै पनि बेला ढल्नसक्ने बताए । बिशेष अतिथी एनपी साउदले बिदेशमा रहेका प्रवासी नेपालीलाई दोहोरो नागरिकताको सवालमा नेपाली कांग्रेशमा कुनै दुइमत नरहेको बताउदै आगामी कानुन निमार्णको बिषयमा पनि राजनितीक अधिकार बाहेकको दोहोरो नागरिकताको पक्षमा सकरात्मक पहल गर्ने बचनबद्धता प्रकट गरे । कार्यक्रममा वरिष्ठ पत्रकार हरिहर बिरहीले प्रेश स्वतन्त्रताको आन्दोलनमा पटक पटक होमिएएको नेपाली प्रेशले फेरी एक पटक अर्को स्वतन्त्रताको लडाइ लड्नु पर्ने बेला आएको बताए । ओली सरकार प्रेश काउन्सिल ऐन र संचार विधेयक मार्फत प्रेशलाई घाटी निमोठ्ने प्रयासमा लागेको सुनाए । साधरणसभामा अर्का पत्रकार कबिर राणाले प्रवासी नेपाली समाज देशको बिकास र बिस्तारमा महत्वपुर्ण माध्यम बनेको चर्चा गर्दै भने, प्रजातन्त्र बिना प्रेश स्वतन्त्रता सम्भव छैन त्यसैले यसको सस्थागत बिकास अहिलेको आवश्यकता रहेको बताए । कार्यक्रममा अस्ट्रेलियास्थीत नेपाली राजदुतावासकी प्रथम सचिब द्रुपदा सापकोटाले बिदेशमा रहेका संघ संस्था नेपालीहरुलाई एकताको सुत्रमा बाध्ने कडीको रुपमा रहेको बताइन । कार्यक्रममा एनएसडब्लुका महाबाणिज्यदुत दीपक खड्का , अभियन्ता इन्द्रा वनले नया कार्यसमितीका पदाधिकारीहरुलाइ शुभकामना प्रदान गरे । साधारणसभामा नेपाल बिध्यार्थी संघका पुर्व केन्द्रिय सदस्य सरोज थापा, नेपाल किसान संघका केन्द्रिय अध्यक्ष भानु सिग्देल ,महिला संघकी मन्जु खाँण लगायतले शुभकामना मन्तब्य प्रकट गरेका थिए । कार्यक्रममा एनएडीएफका महासचिब माधव गैरैले स्वागत,उपाध्यक्ष पुर्णनाथ घिमिरे संस्थाको कार्यबिवरण प्रस्तुत गरेका थिए भने अध्यक्ष विवेक थापाले संस्थाको महत्वबारे प्रकाश पारेका थिए । दशौ साघारण सभामाफर्त नया कार्यसमितीको अध्यक्षमा निर्वतमान उपाध्यक्ष सुरेन्द्र सापकोटा विजयी भएका छन । उनले प्रतिद्धन्द्धी तथा सामािजक अभियन्ता बुद्धी डल्लाकोटीलाई दुइ मतको झीनो अन्तरले पराजित गर्दै अध्यक्ष पद हात पारेका थिए । यस्तै संस्थाको उपाध्यक्षमा माधव गैरे र हरिभक्त अधिकारी निर्विरोध निर्वाचित भएका छन । महासचिबमा भने भिष्म भण्डारीले सरोज पाण्डेलाई भारी मत अन्तरले पराजित गरे । यसै संस्थाको सचिबमा सत्यप्रकाश कडेंल,कोषाध्यक्षमा प्रज्वल भट्टराइ, समाजिक एवं सांस्कृतीक संयोजकमा अन्जना बस्नेत,पब्लीक अफीसरमा हरिकृष्ण अधिकारी ,युवा संयोजकमा मनोज आचार्य निर्विरोध निर्वाचित भए । निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितीकातर्फवाट संयोजक सुरेन्द्र सिग्देलले पद तथा गोपीनियताको सपथ खुवाएका थिए । कार्यक्रममा प्रमुख अतिथी नरायण खड्का तथा बिशेष अतिथी एनपी साउदलगायतलाई एनएडीएफका अध्यक्ष विवेक थापाले मायाको चिनो प्रदान गरे । कार्यक्रममा निर्वाचन समितीका प्रमुख सुरेन्द्र सिग्देल,आयुक्तहरु बालचन्द्र भट्टराइ,डिल्ली ढकाल, महेन्द्र लम्साल लगायतलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्