नेभिगेशन
LEADING_MAIN

एनएडीएफको अधिबेशनमा नेता तथा पत्रकार

नेपाल अस्ट्रेलियन डेमोक्रयाटीक फोरम(एनएडीएफ)को शनिबार हुने अधिबेशनमा सहभािग हुन नेपालवाट काग्रेशका नेता तथा वरिष्ठ पत्रकारहरु अस्ट्रेलिया आइपुगेका छन । एनएडीएफको शनिबार रकडेलको इन्द्रेणी फक्सन सेन्टरमा आयोजना हुने कार्यक्रममा नेपाली कांग्रेशका पुर्व मन्त्री तथा नेताहरु एनपी सावद र नारायण खड्का तथा वपरष्ट पत्रकार हरिहर बिरही, कबिर राणा र युवा नेता सरोज थापा अस्ट्रेलिया आइपुगेका हुन । नया नेतृत्व चयन र अस्ट्रेलियामा छरिएर रहेका डेमोक्रयाटहरुलाई एकताको सुत्रमा बाध्ने कार्यमा लागेको एनएडीएफले लोकतन्त्रको संस्थागत बिकासमा दलहरुको भुमिका बिषयमा एक दिने गोष्ठीपनि आयोजना गर्ने लागेको यसका अध्यक्ष विवेक थापाले बताए । नेपालवाट लोकतान्त्रिक मुल्य रमान्यता बोकेका नेता तथा वपष्ठ पत्रकारहरु आउनु भएको छ उहाँंहरुको बिचार र मुलुकको अवस्थाका बारेमा हामीले जान्ने मौका पाउने छौ, थापाले सुनाए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्