नेभिगेशन
LEADING_MAIN

रोहीतको उपस्थीतीमा एक्सपर्ट कप फुटबल आइतबार

तामाङ रिक्रेयसन क्लब ( टीआरसीसी)को आयोजनामा यही आउँदो जनबरी १९ तारिखमा छैठौ एक्सपर्ट कप एक दिवसिय फुटबल प्रतियोगिता हुने भएको छ । अस्ट्रेलियाका बिस वटा सामुदायिक नेपाली क्लबहरुको सहभागिता रहने प्रतियोगितामा नेपालका अन्तराष्ट्रिय खेलाडी रोहित चन्द आकर्षण बन्ने भएका छन । इन्डोनेशियाको लिग फुटबलमा ब्यस्तरोहीत यसै प्रतियोगिताको प्रमुख अतिथीको हैसियतले अस्ट्रेलिया आइपुगेका हुन । शुक्रबार एक्सपर्ट एजुकेशनको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाली रक्षापंक्तीका खम्बा रोहितले खेलुकदले बिश्वभर छरिएर रहेका नेपालीलाई एकताको सुत्रमा बाध्ने काम गरेको बताए । रोहितले अस्ट्रेलियामा नेपाली समुदाय भित्रपनि फुटबलको यस्तो खाले प्रतियोगिता हुनु गौरवको बिषय भएको बताए । शुक्रबारनै इन्डोनेशियावाट अस्ट्रेलिया आएका रोहीत प्रतियोगिता हेरेर फर्किने छन । पत्रकार सम्मेलनमा प्रयोजककोतर्फवाट एक्सपर्टका निर्देशक सन्जिव शर्माले खेलकुद बिदेशी भुमिमा नेपाली समुदायलाई जोडने महत्वपुर्ण माध्यम भएको बताए । सन्जिवले युवा वर्गलाई खेलकुदको माध्यमवाट प्रतिभा प्रस्फुटन हुनुका साथै स्वस्थ हनि मस्त राख्ने हुनाले पनि यसको महत्व बढेको दिनादीन बढेको बताए । पत्रकार सम्मेलनमा टीआरसीसीका संस्थापक अरुण तामाङले बिदेशमा रहेरपनि फुटबल प्रतियोगिताको माध्यमवाट मुलुक चिनाउने अभियानमा लागेकोमा आयोजकलाई बधाइ दिए । पत्रकार सम्मेलनमा टीआरसीसीका अध्यक्ष अनिल तामाङ , सचिब बैकुण्ठ डंगोल, एकसपर्टका कार्यकारी मन्जित घिमिरे, पुरना फुटबलर राजु मानन्धर लगायतले प्रतियोगिताको सफलताको सुभकामना ब्यक्त गरे । प्रतियोगिताको बिजेतालाई दुइ हजार डलर र उपविजेतालाई एक हजार डलर प्रदान गरिने आयोजकले जनाएको छ । एक्सपर्ट कप फुटबलमा मेलवर्नको रोयल वेस्र्टन र क्यानबेराको युनाइटेड क्यानबेरा सहित कुल २० वटा फुटबल टोलीको सहभागिता रहने क्लबका सचिब बैकुण्ठ डंगाृलले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्