नेभिगेशन
LEADING_MAIN

एनआरएन अस्ट्रेलियाको प्रवक्तामा नन्द गुरुङ र पब्लीक अफीसरमा कोमल पाठक

एनआरएन अस्ट्रेलियाले निर्वाचन सम्पन्न भएको केहि महिना लगाएर कार्यसमितीलाई पुर्णता दिएको छ । जस अनुरुप आइतबार सम्पन्न कार्यसमितीको बैठकले पुर्व उपाध्यक्ष नन्दु गुरुङलाई र कोमल राज पाठकलाई पब्लिक अफिसरमा मनोनित गरेको छ । यसैगरी न्युसाउथवेल्सबाट पूर्णनाथ घिमिरे, साउथ अस्ट्रेलियाबाट प्रजिता गेलाल, क्वीन्सल्यान्डबाट रदिप थापालाइ कार्यसमितिको सदस्यमा मनोनित गरेको छ । कार्यसमितिमा प्रवक्ता र पब्लीक अफीसर दुबै डाइरेक्टरका रुपमा रहने बिधानत प्रावधान रहेको छ । यसैगरी एनआरएनए अस्ट्रेलियाले २५ जना सल्लाहकार समितीको पनि मनोनयन गरेको छ । एनआरएन अस्ट्रेलियाको सल्लाहकारमा सीड्नीवाट वालचन्द्र भट्टराइ ,त्रिलोचन पोखरेल, विवेक थापा, दिनेश पोखरेल, दिनेश राज जोशी, सिर्जना संग्रौला, चोलाकान्त भुसाल, गणेश तामांग, हेमन्त काफ्ले, दिप नारायण चौधरीर्, , हिमलाल गैरे, कृष्ण श्रेष्ठ, सुजित सिग्देललाई मनोनित गरिएको महासचिब डा ज्ञानेन्द्र रेग्मीले बताए । त्यसैगरि भिक्टोरियाबाट श्री पन्त, सुनिल भण्डारी, बिनित शर्मा, क्वीन्सल्यान्ंडबाट नरेन्द्र श्रेष्ठ, बामदेब पौडेल, वेस्टर्न अस्ट्रेलियाबाट डम्बर श्रेष्ठ रहेका छन् । त्यस्तै अन्य सल्लाहकारहरुमा नर्दन टेरिटोरीबाट नबिन वाग्ले, साउथ अस्ट्रेलियाबाट सुर्य आचार्य, प्रविण गुरागाईं, क्यानबेराबाट दुर्गादत्त कंडेल र तास्मानियाबाट अनिल श्रेष्ठ छन् । लामो समयदेखि रोकिएको एनआरएन अस्ट्रेलियाको कार्यसमितीको बिस्तार र सल्लाहकारको मनोनयनपछि कार्यदिशामा अगाडि बढ्न सहजता मिल्ने एनआरएनका महासचिब रेग्मीले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्