नेभिगेशन
LEADING_MAIN

डढेलो रोकथाममा एक्सपर्टको दश हजार डलर सहयोग

क्रिसमस पार्टी मनाउन हिडेंका एक हुल एक्सपर्टका कर्मचारीहरुले वाटोमा डढेलोको प्रकोप प्रत्यक्ष देखेपछि उनिहरुले कर्मभुमीमा लागेको रापको तापमा सबैले जल छर्नुपर्ने पीडा महशुस गरे । शैक्षिक परामर्श पेशामा काम गर्ने यी कर्मचारीहरुले अली अली सहयोग उठाउन सुरु गरे र उठेको रकम जत्तीकै संस्थाले हालीदिने बचनबद्धता प्रकट भयो । यसरी केहि दिनमै एक्सपर्टले दश हजार डलरको सहयोगको जुटायो र सहयोगमा लागि परयो । यसै क्रममा एक्सपर्ट एजुकेशन एन्ड भिषा सर्भिसेजले भने सोमबार सबै कर्मचारी तथा संस्थाकोतर्फवाट ग्रामिण अग्नी निणन्त्रण बिभागलाई दश हजार अस्ट्रेलीयन डलर सहयोग गरेको छ । बिभागको कार्यालयमा आयोजित कार्यक्रममा एक्सपर्टका निर्देशक सन्जिव शर्माले ग्रामिण अग्नी नियन्त्रण बिभागका प्रमुख शेन फीजसिमोन्सलाई दश हजार डलरको चेक हस्तान्तरण गरेका थिए । डढेलोले अस्ट्रेलियाको करिब ५९ लाख हेक्टर क्षेत्रफलमा प्रभाव पारेको र यसको प्रकोपमा परि २३ जना अस्ट्रेलियानले ज्यान गुमाइसकेको अवस्थामा राहतका लागि सहयोगमा जुट्नु हामी सबैको कर्तब्य हो र एक्सपर्ट टीमले पनि आफ्नोे कर्तब्य पुरा गरेको हो, शर्माले बताए । देशभर डढेलोको प्रकोपसँंग जुझिरहेको अस्ट्रेलियन सरकार यतिखेर ठुलो बाताबरणिय तथा आर्थिक संकटवाट गुज्रनुपर्ने अवस्थामा देखिएको छ । तिन महिनादेखि डढेलोको काहाली लाग्दो अवस्थाका कारण २३ जनाले ज्यान गुमाउनुका साथै हजारौ जनता घरबार बिहिन भएका छन । डढेलोले अहिलेसम्म करिब पाँंच करोड पुशपंक्षी जलेर राख भएका छन । यस्तो अवस्थामा अस्ट्रेलियन सरकारलाई सहयोग गर्न विभिन्न सामािजक तथा व्यवशायीक संस्थाहरु तत्परताका साथ अगाडि बढेका छन । यसै क्रममा नेपाली ब्यवशायीहरुले पनि यस प्राकृतीक प्रकोपवाट बच्न अस्ट्रेलियन सरकारलाई सहयोग गर्न सुरु गरेका छन । बिभिन्न सामाजिक संघ संस्थाले आआफ्नो तर्फवाट सहयोग रकम संकलन अभियान समेत थालनी गरेका छन । डढेलोको कारण दुइ हजार ६ सय घरहरु नष्ट भएका छन भने अझै धेरै स्थानमा यसको प्रभाव जारी नै रहेको छ । यसै बिच झापाली समाज अस्ट्रेलिया, अस्ट्रेलीयन एजुकेशन कन्सलट्यान्ट एलाइन्स, अर्घाखाची समाज लगायतका संघ संस्थाले पनि सहयोग संकलन कार्य प्रारम्भ गरेका छन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्