नेभिगेशन
LEADING_MAIN

सिडनीमा भब्य तमु लोसार

तमु समाज अस्ट्रेलियाको आयोजनामा शनिबार तमु लोसार एक भब्य समारोह बिच मनाइयो । पुस महिनाको १५ र १६ गते तिर पर्ने यो नया बर्षको पर्वलाई सीड्नीमा रहेका गुरुङ जातीले भब्य र सभ्य रुपमा नाच गान र भोज भतेर गरेर शुभकामना आदान प्रदान गरेका छन । सीडनीको हर्षभिलस्थीत मराना अडोटोरियममा आयोजित तमु लोसार कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहालले सबैलाई शुभकामना प्रदान गर्दै विविध संस्कृती र परम्पराले धनी नेपाल र हामी नेपालीले बिदेशमा रहेर पनि आफ्नो परम्परा र रितिरिवाजलाई सम्मान गर्न पाउनु सबैका लागि खुसीको बिषय भएको बताए । उनले सबैखाले पर्व र परम्परा अनि संस्कृतीलाई आत्मसाथ गर्ने र उत्तिकै सम्मान दिने हामी नेपालीको एउटा महत्वपुर्ण पक्षले पनि हामी बिविधतामा एकताले बाधिएको समाजका रुपमा संसारमा चिनिएको बताए । राजदुत दाहालले आफुले अस्ट्रेलिया आएर पनि तमु लोसार मनाउन पाउदै गर्दा निकै गर्व लागेको समेत बताए । कार्यक्रममा गुरुङ संस्कृती झल्काउने बिविध सांस्कृतीक कार्यक्रम प्रस्तुत गरिएको थियो । गुरुङ जातीको नया वर्षका रुपमा मनाइने तमु लोसार सीड्नीमा हरेक बर्ष मनाइदै आएको एनआरएनका पुर्व उपाध्यक्ष नन्द गुरुङले बताए । कार्यक्रममा नेपालवाट बोलाइएका लामाले बुद्ध भगवानको मुर्तीमा पुजापाठ गरेर कार्यक्रमको प्रारम्भ गरिएको थियो । कार्यक्रममा तमु समाज अस्ट्रेलीयाका अध्यक्ष दिनेश गुरुङले गुरुङहरुको महान चाड तमु लोसार अस्ट्रेलियामा पनि मनाउन पाउनु सबै गुरुङजातीका लागि गर्वको बिषय बनेको बताए । अध्यक्ष दिनेशले कार्यक्रमलाई सफल बनाउने तमु समाजका पुर्व अध्यक्षहरु आयोजक ,प्रायोजकलाई समेत धन्यबाद सहित खादा लगाएर सम्मान गरेका थिए । कार्यक्रममा नेपालवाट ल्याइएकी कलाकार मिलन नेवाको बिशेष प्रस्तुती रहेको थियो । कार्यक्रममा एनआरएनका महासचिब डा ज्ञानेन्द्र रेग्मी र उपाध्यक्ष देव गुरुङ,तामाङ सोसाइटीका सल्लाहकार अरुण तामाङ लगायतको उपस्थीती रहेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्