नेभिगेशन
LEADING_MAIN

"भिजिट नेपाल"भन्दै अस्ट्रेलियन टोली नेपाल पुग्यो

नेपाल सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० योजना सफल बनाउन एनआरएन अस्ट्रेलियाको टोली जाउँं है नेपाल अभियानका साथ आफ्ना पाँंच दर्जन बिदेशी र नेपाली मुलका अस्ट्रेलियन लिएर अग्रेजी नया बर्षको पहिलो दिन नेपाल पुगेको छ । एनआरएन अस्ट्रेलियाको यो टोलीको संयोजन युवा अभियन्ता खेम शर्मा र संयोजन एनआरएनका पुर्व युवा संयोजक विजय पोखरेलले गरेका छन । भिजिट् नेपाल २०२०’ लाई लक्ष्यका रुपमा नलिइ पर्यटन प्रर्वधनको प्रस्थानविन्दुका रुपमा लिनुपर्ने र यसका लागि पहिलो प्रयास अस्ट्रेलियावाट प्रारम्भ भएको उदघोष गर्दै अस्ट्रेलियन टोली नेपाल पुगेको हो । त्रिभुवन बिमानस्थलमा अस्ट्रेलियन टोलीलाई एनआरएनका भ्रमण बर्ष संयोजक तथा निर्वतमान अध्यक्ष भवन भट्टले फुलमाला र खादा लगाएर स्वागत गरेका थिए । संसारका करिब ७० राष्ट्रमा फैलीएको एनआरएन संजाललाई देशप्रेमको शन्देसमा गाँंसेर मुलुकमा पर्यटन प्रर्वधन अभियानमा सबै हात एकै साथ मिलाएर अगाडि बढाउने हाम्रो लक्ष्य अनुरुप पहिलो प्रयास स्वरुप अस्ट्रेलियन टोली नेपाल आइपुगेको संयोजक भट्टले बताए । एनआरएनले संसारभर छरिएर रहेका आफ्नो शाखा मार्फत स्थानिय राजदुतावाससँंग मिलेर जनवरीको पहिलो साता भ्रमण बर्षको शुभारम्भ कार्यक्रम गर्न लागेको समेत भट्टले जानकारी दिए । केहि स्थानिय अस्ट्रेलियन र नेपाली मुलका अस्ट्रेलियनहरुलाई लिएर पहिलो बर्षको पहिलो दिन नेपाल पुग्ने र राज्यको अभियानमा हामीपनि संगै छौ भन्ने शन्देश दिन हामी आइपुगेका हौ, एनआरएन भ्रमण बर्षका अभियान एक अभियन्ता विजय पोखरेलले बताए । कार्यक्रमका संयोजक खेम शर्माले यस अभियान अन्तर्गत अस्ट्रेलियन टोलीले नगरकोट चितवन, पोखरा र धुलिखेल लगायतको स्थानको भ्रण्मा गरेर बिभिन्न कार्यक्रमको आयोजना सहित केहि सहयोग रकम समेत हस्तान्तरण गर्ने योजना बनाएको बताए । एनआरएन अस्ट्रेलियाका युवा संयोजक इर्शाद अहमदले बिदेशमा बसेर पनि मुलुकको उन्नती र प्रगतीमा रमाउने प्रवासी नेपालीहरुले यो अभियानलाई सहयोग पुरयाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । अस्ट्रेलियन टोलीले धुर्मुस सुन्तली फाउन्डेसन अन्तर्गत चितवनमा बन्दै गरेको क्रिकेट रंगशाला गएर र्मैत्रिपुर्ण खेल खेल्ने र सहयोग गर्ने तथा भ्रमणबर्ष सफल बनाउन कलम चलाउने सातै प्रदेशका पत्रकारहरुलाई नगद पुरस्कारको ब्यवस्थापन समेत गर्ने योजना रहेको बताए । कार्यक्रममा अस्ट्रेलियावाट नेपाली समुदायका अगुवा तथा पर्यटनदुत बद्री अर्याल,युवराज भट्टराइ, शेषमणी शर्मा ,सुंभास शाह लगायत सामेल छन । अस्ट्रेलियन टोलीलाई बुधबारनै नेपाल पत्रकार महासंघकोतर्फवाट कार्यालयमा स्वागत कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघकाउपाध्यक्ष दिलीप थापा मगर,महासचिब रमेश बिष्ट र यस अभियानका संयोजक खेम शर्मा बिच पत्रकारीता लेखनबृती कार्यक्रममा समेत संझौता भएको छ । जस अनुरुप यो टोलीले नेपालका सातै प्रदेशका एक एक जना सन्चारकर्मीहरुलाई पचास हजारको दरले पर्यटन प्रवर्धनमा टेवा पुरयाएवापत लेखनवृती दिइने उल्लेख गरिएको छ । कार्यक्रममा नेपाल प्रेश काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ लगायतले अभियानको स्वागत गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्