नेभिगेशन
LEADING_MAIN

भ्रमण बर्षमा भवन भट्टको "अतिथि देवो भव:"

अतिथीदेबो भव भन्ने नारा बोकेर केहि बर्षदेखिनै पर्यटन प्रवर्धनमा होमिएका गैर आवासिय नेपाली संघ(एनआरएनए)का निर्वतमान अध्यक्ष भवन भट्ट नेपाल सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० योजना सफल बनाउन कम्मर कसेर लागेका छन । एनआरएएनले भर्खरै कार्यसमितीवाट पनि भ्रमण बर्ष सफल बनाउन गठित मुल समितीमा पुर्व अध्यक्ष भट्टलाई संयोजक समेत बनाएको छ । संसारका करिब ७० राष्ट्रमा फैलीएको एनआरएन संजाललाई देशप्रेमको शन्देसमा गाँंसेर मुलुकमा पर्यटन प्रर्वधन अभियानमा सबै हात एकै साथ मिलाएर अगाडि बढाउने लयमा अगाडि बढेका छन भट्ट । जापानमा रहेर हस्पीट्यालीटी बिजनेशमा नाम र दाम कमाएका भट्ट गजबको आत्मबिश्वास बोक्छन र भन्छन राज्यले लिएको २० लाख पर्यटक भित्राउने लक्ष्य सम्भव छ । अतिथीलाई देबता सरह मान्ने हाम्रो नेपाली समाज र भावमा हामीले सोचे जस्तो पर्यटकलाई आकर्षित गर्न सकेका छैनौ । हिमाल र भगवान बुद्ध मात्र होइन हामीसँंग संसारमा नभएका चार्डपर्व, रितिरिवाज, कला संस्कति, हेरिटेज, वाइड लाइफको खानी छ जसलाई हामीले पर्यटन प्रवर्धनमा सामेलनै गराउन सकेका छैनौ, भट्टले सुनाए । यहाँंको सुन्दरता, जल क्रिडा अनि धार्मिक पर्यटनसँगै खेल पर्यटनलाई महत्वका साथ प्रचार प्रशार गर्ने हो भने २० लाख संख्या मात्रै हाम्रोलागि ठूलो लक्ष्य हैन। हाम्रो लक्ष्य त संख्यासँगै गुणस्तरीय पर्यटक नेपाल ल्याउने र बढी भन्दा बढी आम्दानी गर्ने हो,भट्टले सुनाए । हामीहरुले २०२० लाई आधार वर्षको रुपमा लिएर आगामी १० वर्षसम्म यस क्रमलाई कायम राख्ने हो भने बल्ल देशको पर्यटन क्षेत्रले फड्को मार्ने छ। हाम्रो एउटै लक्ष्य हो नेपालाई छिट्टो भन्दा छिट्टो आर्थिक रुपमा सबल बनाउने यसका लागि पर्यटन महत्वपुर्ण आधार बन्न सक्दछ, भट्टले बताए । ‘आतिथेय देशले यस्ता कार्यक्रम ल्याउदै गर्दा आफ्नो उद्देश्य र प्राप्तिमा भने प्रष्ट हुनुपर्छ र हामीले अतिथीलाई दिने सेवा सुविधाका बिषयमा चनाखो हुनु जरुरी हुन्छ , एनअराएनका निर्वतमान अध्यक्ष भवन भट्टले भने । ्हामीले भिजिट् नेपाल २०२०’ लाई लक्ष्यका रुपमा नलिइ पर्यटन प्रवर्द्धनको प्रस्थानविन्दु या तयारीको रुपमा लिने र यो क्रमलाई अरु बर्षहरुमा पनि अगाडि लान सक्यौ भने मात्र मुलुकको उन्नती र प्रगती सम्भव हुने छ । तराई, पहाड र हिमालमा पर्यटनका नयाँ गन्तव्य विस्तार गर्ने र पुराना गन्तव्यका आकर्षणका नयाँ पाटा प्रस्तुत गर्न कार्यक्रममा सबै लाग्नुपर्छ । एनआरएनले पनि संसारभर छरिएर रहेका आफ्नो शाखा मार्फत स्थानिय राजदुतावाससँंग मिलेर जनवरीको पहिलो साता भब्य कार्यक्रम आयोजना गर्दै छ । भट्टले सुरुआती कार्यक्रमका बारेमा बताउदै भने त्यसपछि बिभिन्न ख्याती प्राप्त टुर एन्ड ट्राभल्ससँंग मिलेर नेपालका लागि आकर्षक प्याकेज बनाउने काम पनि सुरुआत भैसकेको भट्टले जानकारी गराए । अहिले अस्ट्रेलियाको नम्बर एक ट्राभल फ्लाइट सेन्टरले दुइ हप्ते नेपाल भ्रमणको प्याकेजको सुरुआत गरेको छ । तयारी र योजनामा केन्द्रित रहेर नेपाललाई आकर्षक आम्दानी दिने पर्यटन गन्तव्य बनाउनका लागि ‘भिजिट् नेपाल २०२०’ लाई सुरुआती वर्षका रुपमा परिभाषित गर्ने हाम्रो मुख्य लक्ष्य हो । पर्यटनलाई देशको अर्थतन्त्रको प्रमुख र बलियो खम्बाका रूपमा परिभाषित गर्न सकेमात्र देश बिकास संभव छ । संसारभर छरिएर रहेका एनआरएनहरुले यसमा महत्वपुर्ण योगदान पुरयाउन सक्ने भएकाले बिश्वभर बर्षभरीनै विविध कार्यक्रम मार्फत पर्यटकलाई नेपाल जान प्रोत्साहन गर्ने योजना बुनेको समेत भट्टले बताए । जनवरी ७ मा अस्टे«लियाको सीड्नीमा र बेलायतमा जनवरीको दोस्रो हप्ता भ्रमण बर्ष सफल पार्न भब्य कार्यक्रमको समेत आयोजना हुन गइरहेको भट्टले बताए । यसरीनै जनवरी एक तारिखमा अस्ट्रेलियावाट एनआरएनको पहलमा करिब एक सय जना नेपाली मुलका अस्ट्रेलियन र बिदेशीहरु नेपाल पुग्ने अभियान समेत रहेको छ । यस्तै एनआरएनले संसारभरनै भिजिट नेपाल सफल बनाउन मुलुक चिनाउने अभियान र कार्यक्रमहरु आयोजना गर्ने छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्