नेभिगेशन
LEADING_MAIN

पानीमा सुरक्षा बिषयक एक दिने गोष्ठी सम्पन्न

राजदुत दाहाल बिध्यार्थीसँंगै बसमा भिजन फर मोटिभेसन(भीएफएम)को आयोजना र नेपाली राजदुतावास लगायतको सहयोगमा उच्च अध्यनमा अस्ट्रेलिया आएका बिध्यार्थीलाई लक्षीत गरेर सीड्नीमा पानीमा सुरक्षा बिषयक एक दिने तालिम तारामारा समुन्द्री तटमा सम्पन्न भएको छ । पछिल्ला केहि बर्षहरुमा समुन्द्री तटमा भएका केहि दुर्घटनामा आधा दर्जन नेपाली बिध्यार्थीहरुले ज्यान गुमाउनु परेको पीडादायक पक्षलाई मध्यनजर गर्र्दै भीएफएमले राजदुतावास र बिभिन्न निकायको सहयोगमा ७० जना नेपाली बिध्यार्थीहरुलाई एक दिने बिशेष पानी सुरक्षा तालिम दिएको हो । जसमा तारामारा बीच सेफ्टी क्लबका पौडि प्रशिक्षकले सो कक्षा सन्चालन गरेका थिए । बसमा बिध्यार्थीसँंगै कार्यक्रममा हिडेका राजदुत र महाबाणिज्यदुतलाई भीएफएमका अध्यक्ष रमेश श्रेष्ठले बिध्यार्थीसँंग परिचयात्मक कार्यक्रम गरेका थिए । अस्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहालले नेपाली बिध्यार्थीहरुलाई सम्वोधन गर्दै भने राजदुतावास बिध्यार्थीको हितमा सधै चनाखो भएर लाग्नेछ र यसको पहिलो प्रयासका रुपमा म तपाइहरुसँंग यो यात्रामा छु । राजदुत दाहालले भने, राजदुतावाससँंग सरोकारका सबै बिषयका लागि जतिबेला र जहासुकै पनि हामी तयार छौ,त्यसका लागि नहिच्कीचाइकन बिध्यार्थी भाइबहिनीहरुले सम्पर्कमा आउनु चाही परयो । कार्यक्रममा एनएसडब्लुका महाबाणिज्यदुत दिपक खड्काले बिध्यार्थीका सुरक्षाका बिषयमा सबै निकाय चासो रहेको बेला भीएफएमले बिच सेफ्टीको कार्यक्रमलाई निरन्तरता दिनु महत्वपुर्ण रहेको बताए । खड्काले यस्ता कार्यक्रमलाई आफुले निजी तथा संस्थागत रुपमा सहयाग गर्दै आइरहेको र आगामी दिनमा पनि रहने बचनबद्धता प्रकट गरे । तारामारा सेफ्टी क्लबमा ब्यवशायीक पौडि प्रशिक्षकले पानीमा गर्नु हुने र गर्नु नुहने बिषयमा बिध्यार्थीहरुलाई स्पष्ट पारेका थिए । समुन्द्री तटमा रहेका बिभिन्न चिन्हले के देखाइरहेको हो र त्यस अवस्थामा पानीमा खेल्न जानु हुने नहुने लगायतका बिषयमा बताएका थिए । सुरक्षा कक्षा पछि बिध्यार्थीहरुलाई तारामारा बिचमा करिब २० मिनेट समुन्द्री तटमा पानीको बहाव र सुरक्षा उपकरण तथा बचावको तरिकाको बिषयमा जानकारी गराइएको थियो । स्थानिय तटिय पौडि प्रशिक्षक तथा उद्धारकर्ताले तिब्र पानीको बहावका बिच कसरी सुरक्षा अपनाउनछन भन्ने अभ्यास समेत गरेर देखाएका थिए । कार्यक्रममा भीएफएमका संस्थापक महेशराज प्रशाइले सहभागि तथा सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । पानी सुरक्षाको एक दिने तालिमको समापनमा राजदुत महेशराज दाहालले प्रायोजक र प्रशिक्षकहरुलाई प्रमाणपत्र बितरण गरेका थिए । कार्यक्रममा एनआरएनका पुर्व अध्यक्ष गोवा कटुवाल, उपाध्यक्ष देब गुरुङ, एनएसडब्लुका सह सचिब तिर्थ कार्की, नारी निकुन्जकी अन्जना बस्नेत कार्की, सामाजिक अभियन्ता सुवान चौलागाइ लगायतको उपस्थीती रहेको थियो । तालिमपछि खाना र नेपाली कला संस्कृती झल्काउने गित संगितको समेत कार्यक्रम प्रस्तुत गरिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्