नेभिगेशन
LEADING_MAIN

जनसम्पर्क समितीको भेटघाट र अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिड्नी, डिसेम्बर १६। जनसम्पर्क समिती एनएसडब्लू राज्य समितीले अस्ट्रेलिया भ्रमणमा रहेका नेपालि कांग्रेसका विभिन्न तहका नेताहरुसंग डिसेम्बर १५ तारिख शनिबार सिड्नीमा एक अन्तरक्रिया कार्यक्रम गर्यो । सो कार्यक्रममा नेपालि कांग्रेस नुवाकोटका नेता ध्रुब अधिकारी ,नेपालि कांग्रेस रत्ननगर नगर समितीका सभापती रुपनराज घिमिरे र पार्टी प्रबक्ता बिश्वप्रकास शर्माका स्वकीय सचिब किरण खनालले पार्टीले अगाडी बढाएको जागरण अभियान तथा विभिन्न कार्यक्रमका बारेमा आ आफ्नो धारणा राखेका थिए । उनीहरुले पार्टीलाई सस्थागत र संगठित रुपमा अगाडी बढाउन सबै तह र तप्काका नेता तथा कार्यकर्ताको भूमिका र जिम्मेवारी हुने कुरामा जोड दिए । उनीहरुले पार्टीले लिएको आदर्श र सिदान्तलाई अङ्गीकार गर्दै प्रबासमा रहेका कांग्रेसका कार्यकर्ता र शुभचिन्तकहरुलाई एक ठाउमा ल्याउन जनसम्पर्क समितीले पहल गर्नुपर्ने बताए । कार्यक्रममा जनसम्पर्क समिती अस्ट्रेलियाका अध्यक्ष छिरिंग लामा ,एनएडीएफका अध्यक्ष बिबेक थापा ,जनसम्पर्क समिती अस्ट्रेलियाका सस्थापक दिनेशराज जोशी, नयाका पूर्व अध्यक्ष कोमलराज पाठक लगायतका बक्ताहरुले यहाको जनसम्पर्क समितीको बिस्तार गरी संगठनलाई बलियो बनाउन आपसी मतभेद त्यागेर अगाडी बढ्नु पर्ने खाचो औल्याए । जनसम्पर्क समिति एन एस डब्लू राज्य समिती संयोजक इथान शाक्यले अस्ट्रेलियाको अरु सबै राज्यमा जनसम्पर्क समितीको गठन भै सकेको तर यो राज्यमा संगठनलाई बलियो बनाउने पबित्र उद्देश्यले भर्खर यो सस्था स्थापना गरिएको जानकारी दिदै पार्टीजनसम्पर्क ले लिएको निती र उद्देस्य प्राप्तिको लागी इमान्दार प्रयास गरिने बताए । सिड्नीको एसफिल्ड स्थित नमस्ते रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रमको संचालन सस्थाका महासचिब सुर्य खनालले गरेका थिए भने उपाध्यक्ष रामजी बस्नेतले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्