नेभिगेशन
LEADING_MAIN

चर्चित ब्यान्ड नेपथ्य सीड्नी आइपुग्यो

अस्ट्रेलियाब्यापी भ्रमणमा निक्लेको चर्चित सागितिक समुह नेपथ्यलाई सोमबार सीड्नीमा भब्य स्वागत गरिएको छ । आगामी १४ डिसेम्बर शनिबारको दिन सीड्नीमा हुने बिशेष प्रस्तुतीका लागि नेपथ्य सिड्नी आइपुगेको हो । एक्सपर्ट नेपथ्य लाइभ इन सीड्नी नाम दिइएको यस पटकको अभियान सिड्नीको चर्चित लुना पार्कको बिग टप इभेन्ट्स हलमा आयोजना हुने छ । लुना पार्कको सो हलको क्षमता तिन हजार दर्शक अट्ने रहेको छ । तास्मानियाको कार्यक्रम सकेर सीड्नी आइपुगेको नेपथ्यका अगुवा अमृत गुरुङ र उनको टोलीलाई सीड्नी बिमानस्थलमा पन्चकन्याले स्वागत गरेका थिए । बिमानस्थलमा आयोजक नेपाली टचका राजकुमार गोश्वामी र प्रायोजक एक्सपर्ट एजुकेशनका निर्देशक सन्जिव कुमार शर्माले फुलमाला र खादा लगाएर न्यानो स्वागत गरे । कण्रप्रीय गित संगित र लोक लयको मिठाससँंगै देशभक्तीका प्रस्तुती दिन खप्पीस नेपथ्यका जोमसोमै बजारमा, भेडाको उन जस्तो, यो जिन्दगानी, रातो र चन्द्र सुर्यजस्ता गितहरुले संगितप्रेमीहरुलाई आकर्षित गरेको छ । एक्सपर्ट एजुकेशन एन्ड भिषा सर्भिसको प्रस्तुतीका रुपमा रहने नेपथ्य सीड्नी लाइभको कार्यक्रममा करिब तिन हजार दर्शकहरुको उपस्थीतीको अपेक्षा गरिएको आयोजक नेपाल टचका निर्देशक राजकुमार गोश्वामीले बताए । आफुले बिदेशमा सधै फरक र अलग लयमा बिशेष प्रस्तुती रहने नेपथ्यको सीड्नीको प्रस्तुतीमा एक्सपर्ट एजुकेशनलाई जोड्न पाउनु गर्वको बिषय रहेको एक्सपर्टका निर्देशक सन्जिव शर्माले बताए । नेपथ्यको यो चौथो पटक अष्ट्रेलिया भ्रमण हो । नेपथ्यले सन् २००९ मा पहिलो पटक अष्ट्रेलियाको सांगीतिक यात्रा सुरु गरेको थियो । नेपथ्यको अस्ट्रेलिया भ्रमणलाई यस पटक चिरपरिचित इभेन्ट कम्पनी नेपाली टच अस्ट्रेलियाले संयोजन गरेको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्