नेभिगेशन
LEADING_MAIN

"रकडेल ब्वाइज"को भिजीट नेपाल अभियान

अस्ट्रेलियाको सीड्नी वरपर छरिएर रहेका युवा पुस्ताबिच भाइचारा अभिबृद्धी गर्नुका साथै नेपाल र नेपालीको पहिचान उजिल्याउने अभियानमा लागेका एक हुल युवाहरुले आइतबार भिजिट नेपाल २०२० लाइ सफल बनाउन आआफ्नो क्षेत्रवाट लागि पर्ने शंखघोष गरेका छन । सीड्नीमा नेपालीहरुको बाहुल्यता रहेको रकडेल क्षेत्रमा रहेको रकडेल ब्वाइज नामक युवाहरुको समुहले क्रिसमस साझ तथा पर्यटन बर्ष अभियानका रुपमा आइतबार एक कार्यक्रमको आयोजना गरेका छन । कार्यक्रममा युवा समुहले सीड्नी वरपर नेपालको पहिचान र पर्यटन प्रवर्धनका लागि पोष्टर ,पम्पलेटिङदेखि लिएर स्थानिय अस्ट्रेलियनहरुलाई नेपाल भ्रमणमा उत्प्रेरणा गर्न विभिन्न कार्यक्रम ल्याइने जनाएको छ । कार्यक्रममा पोखरा समाज अस्ट्रेलियाका अध्यक्ष राज कुमार अधिकारीले बिदेशमा रहेको युवा शक्तीले मुलुकको बिकास र बिस्तारमा चासो देखाउनु महत्वपुर्ण शन्देशका रुपमा रहेका बताए । रकडेल ब्वाइजले सामाजिक तथा ब्यवशायीक रुपमा रचनात्मक कार्यहरु अगाडी बढाएको सन्दर्भमा भिजिट नेपालमा नौलो अभियानको थालनीले महत्वपुर्ण शन्देश दिएको बताए । कार्यक्रममा एनआरएन अस्ट्रेलियाका युवा संयोजक इर्शाद अहमदले रकडेल ब्वाइजले गरेको सरानिय कार्य प्रशंसनिय रहेको बताए । सोही कार्यक्रममा एनआरएन एनएसडब्लुका उप संयोजक तिर्थ कार्कीले बिदेशमा रहेरपनि स्वदेशको अभियानमा हातेमालो गर्न तम्सेको रकडेल ब्वाइजका समाजिक कार्यमा सबैले साथ दिनुपर्ने बताए । ग्रानभिल नेपाली समाजका उपाध्यक्ष भिम बस्नेत,भीएफएमका संस्थापक महेश प्रसाइ , पोखरा समाजका उपाध्यक्ष तारा गुरुङ, युवा अभियन्ता विजय शर्मा लगायतले यस अभियानमा सबैको साथ रहने बिश्वास ब्यक्त गरेका थिए । कार्यक्रममा आयोजक रकडेल ब्वाइजका संयोजक शितल खाँंड गीरीले सीड्नीमा छरिएर रहेका नेपाली युवाहरुबिच आपसी भाइचारा र सहकार्य गर्ने उद्देस्यले संस्थाको गठन भएको र यसले मुलुक र समाजको हितमा हुने रचनात्मक कार्यहरुमा प्रत्यक्ष सहभागिता जनाउदै आएको बताए । कार्यक्रममा आउदै गरेको नया बर्ष र क्रिसमसको शुभकामना समेत आदान प्रदान गरीएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्