नेभिगेशन
LEADING_MAIN

क्यानबेरामा अभिभावक बनभोज सम्पन्न

क्यानबेरा ,डिसेम्बर ८ । गैर आवासिय नेपाली संघ अस्ट्रेलिया ए सी टी राज्य समितीले यहि डिसेम्बर ७ तारिख शनिबार को दिन क्यानबेरा स्थित एराबी पोण्ड डिस्ट्रिक पार्कमा प्यारेंस पिकनिक को आयोजना गर्यो । कार्यक्रममा अस्ट्रेलिया का लागि नवनियुक्त राजदूत महेशराज दाहाललाइ स्वागत तथा सम्मान समेत गरिएको थियो । पारिवारिक भ्रमणको सिलसिलामा क्यानबेरा र त्यसको वरिपरी बसोबास गरिरहेका आफन्त जनालाई भेट्न आएका नेपालि अभिवाबक हरुको स्वागत तथा सम्मानका लागी आयोजना गरिएको उक्त बनभोज कार्यक्रममा सत्तरी जना अभिवाकहरुको उपस्थिति रहेको थियो । बनभोज कार्यक्रममा सहभागीहरुबीच एक आपसमा परिचय गर्नुका साथसाथै बिभिन्न मनोरन्जनात्मक कार्यक्रममा सक्रिय सहभागिता जनाएका थिए । कार्यक्रममा राजदूत महेशराज दाहालले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा एनआरएनएले प्रसंसनिय भूमिका खेल्दै आएको बताउदै नेपाल सरकारले अगाडी ल्याएको नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन सबैले आ आफ्नो ठाउबाट सक्दो पहल गर्न आग्रह गरे । एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष ( एसिटी संयोजक )चुडामणी सापकोटाले यहाको नेपाली समुदाय माझ आफ्नै पहिचान बनाउन सफल एनआरएनए अस्ट्रेलियाले अगाडी बढाउदै आएको सामाजिक तथा कल्याणकारी कार्यमा क्यानबेरा र क्विनबियन क्षेत्रका नेपालीहरुको योगदान गर्व गर्न लायक रहेको उल्लेख गरे । नेपाली दुताबास उपनियोग प्रमुख दुरपदा सापकोटाले नेपाली समुदायमा आइपर्ने हरेक आपद विपदमा एउटा भरपर्दो साथीको रुपमा यहाको एनआरएन लाई आफुले पाएको बताइन । एनआरएनएए एसिटीका निबर्तमान संयोजक राजन ढुंगेलले आफ्नो टीमले अगाडी सारेको कार्यक्रमलाइ सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद दिदै हामीले हाम्रो समाज लाई कुन दिशामा कसरि लैजाने भन्ने कुरामा एनआरएनएको आगामी कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । एनआरएनएए एसीटीका यूवा संयोजक चन्द्र तिवारिद्वारा संचालित उक्त कार्यक्रममा सस्थाका सह संयोजक अशोक बस्नेतले स्वागत मन्तब्य व्यक्त गरेका थिए । सो अवसरमा २०१७-१९ कार्यकालका एनआरएनए एसिटिका पदाधिकारीहरुलाइ मॉंयाको चिनो प्रदान गरिएको गरिनुका साथै अभिभावक हरुलाई खादा ओढाएर सम्मान गरिएको थियो थियो । अभिभावक बनभोज कार्यक्रममा क्यानबेरा स्थित दुताबास कर्मचारिहरु, सामाजिक संघ संस्थाका प्रतिनिधि लगायत सो क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्