सिड्नी ७ डिसेम्बर । सुदूर पश्चिम समाज अस्ट्रेलियाको हालै सिड्नीमा सम्पन्न अधिबेशन तथा साधारण सभाले तोरण अवस्थीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । नया कार्यसमितिको उपाध्यक्षमा सुशील सिंह ,महासचिबमा लक्ष्मी जोशी ,सह-सचिबमा तनुजा शाही ,कोशाध्यक्षमा कुमार शाह र सह-कोशाध्यक्षमा केशबराज जोशी रहेको सो सस्थाले जनाएको छ । त्यसैगरी कार्यसमितीको सदस्यहरुमा दिपक जोशी ,दिलिप पाण्डे ,लोकेन चन्द ,आशिस चोख्याल ,बसन्तराज ओझा र बिजय खाती रहेका छन् । अधिबेशनले बिजयकुमार बिस्टको संयोजकत्वमा पाच सदस्यीय युवा तथा बिद्यार्थी कमिटी गठन गरेको छ । महिला संयोजकमा गीता लम्साल लाइ चयन गरिएको छ भने केशब जोशी ,स्वतन्त्रप्रताप शाह,अनिल पन्त ,भुपेन्द्र कुवर र हेमराज भट्ट रहने गरी कार्यकारी सल्लाहकार समिती गठन गरिएको छ । श्याम पौडेल र देबेन्द्र जोशी लाइ सस्थाको अन्तरास्ट्रिय संयोजक तोकिएको छ ।
बाग्मती प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा सांसद राजेन्द्र पाण्डेले नेपाली नागरिक भएर भिषा लिनुपर्ने बिषय हास्यासपद रहेको बताउदै सहमती बिना ल्याइएको यो अध्यादेश गलत ढंगवाट आएको बताएका छन ।शनिबार, माघ ५, २०८१