नेभिगेशन
LEADING_MAIN

एक्सपर्टको प्रस्तुतीमा नेपथ्यले सीड्नीको लुना पार्क घन्काउने

नेपालीहरुको बाक्लो बस्ती रहेको सीड्नीका संगितप्रेमीहरु अस्ट्रेलियाब्यापी भ्रमणमा निक्लेको चर्चित सागितिक समुह नेपथ्यले आगामी १४ डिसेम्बरमा सीड्नीमा बिशेष प्रस्तुती दिने भएको छ । एक्सपर्ट नेपथ्य लाइभ इन सीड्नी नाम दिइएको यस पटकको अभियान सिड्नीको चर्चित लुना पार्कको बिग टप इभेन्ट्स हलमा आयोजना हुने छ । लुना पार्कको सो हलको क्षमता तिन हजार दर्शक अट्ने रहेको छ । कण्रप्रीय गित संगित र लोक लयको मिठाससँंगै देशभक्तीका प्रस्तुती दिन खप्पीस नेपथ्यका जोमसोमै बजारमा, भेडाको उन जस्तो, यो जिन्दगानी, रातो र चन्द्र सुर्यजस्ता गितहरुले संगितप्रेमीहरुलाई जतिबेला पनि तानिरहेको देखिन्छ । एक्सपर्ट एजुकेशन एन्ड भिषा सर्भिसको प्रस्तुतीका रुपमा रहने नेपथ्य सीड्नी लाइभको कार्यक्रममा करिब तिन हजार दर्शकहरुको उपस्थीतीको अपेक्षा गरिएको आयोजक नेपाल टचका निर्देशक राजकुमार गोश्वामीले बताए । प्रवासमा संभवत टिकट बेच्नु नपर्ने र प्रशंसकहरु खोजी खोजी आउने कार्यक्रम मध्ये नेपथ्यको सांगितिक प्रस्तुतीलाई लिइन्छ । हालसम्म दुइ हजार टिकट बिक्री भैसकेको र केहि दिन भित्रै बाँंकी पनि बिक्री भैसक्ने आयोजक गोस्वामीले बताए । आफुले बिदेशमा सधै फरक र अलग लयमा बिशेष प्रस्तुती रहने नेपथ्यको सीड्नीको प्रस्तुतीमा एक्सपर्ट एजुकेशनलाई जोड्न पाउनु गर्वको बिषय रहेको एक्सपर्टका निर्देशक बद्री अर्यालले बताए । अर्यालले भने दर्शकहरुको रोजाइमा सधै पहिलो नम्बरमा परेको नेपथ्य र यसको बेजोड प्रस्तुतीभित्र पर्ने राष्ट्रियताको शन्देश आफैमा अभुतपुर्व छ । नेपथ्यको यो चौथो पटक अष्ट्रेलिया भ्रमण हो । नेपथ्यले सन् २००९ मा पहिलो पटक अष्ट्रेलियाको सांगीतिक यात्रा सुरु गरेको थियो । बिदेशमा रहेका नेपाली र उच्च अध्यन गर्न आएका बिध्यार्थीको चाहना र रोजाइमा पनि नेपथ्य परेकोले एक्सपर्ट प्रस्तुतकर्ताका रुपमा अगाडि सरेको यसका अर्का निर्देशक सन्जिव शर्माले सेतोपाटीलाई बताए । निर्देशक शर्माले भने तिन दशकको सामुहिक सांगितिक यात्रामा आरोह र अवरोह बिच नेपथ्यले नेपाली संगित क्षेत्रमा कमाएको ख्याती र दर्शकको अपार माया साच्चीकै लोभलाग्दो छ,यसलाई जति प्रशंसा गरेपनि कम हुन्छ । यस अघि नेपथ्यले अस्ट्रेलियाका दुइ शहरहरु ब्रिसबेन र डार्बिनमा प्रस्तुती दिइसकेको छ भने दुबै कार्यक्रममा दर्शकको घुइचो लागेको थियो । नेपथ्यको अस्ट्रेलिया भ्रमणलाई यस पटक चिरपरिचित इभेन्ट कम्पनी नेपाली टच अस्ट्रेलियाले संयोजन गरेको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्