नेभिगेशन
LEADING_MAIN

उमेश पोखरेलको नेतृत्वमा झापाली समाज गठन

झापाली समाज अस्ट्रेलियाको साघारणसभाले उमेश पोखरेलको अध्यक्षतामा नया कार्यसमिती गठन गरेको छ । नव गठित कार्यसमितीको उपाध्यक्षमा अशोक ओली, महासचिबमा अशोक उप्रेती,सचिबमा मदन धोराली र कोषध्यक्षमा नविन थपलिया निर्विरोध निर्वाचित भएका छन । यस्तै कार्यसमितीका सदस्यहरुमा अमीत श्रेष्ठ,मोनिका भण्डारी,प्रज्ञान श्रेष्ठ,राज कुमार गोश्वामी, सागर पराजुली र सोनु पुडासैनी निर्विरोध चयन भएको कुरा निर्वाचन समितीका सदस्य अजय राजवंशीले पढेर सुनाए । शनिबार एक भब्य समारोह बिच झपाली समाज अस्ट्रेलियाका पलाधिकारीहरुको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । नव निर्वाचित पदाधिकारीहरुलाई नव नियुक्त राजदुत महेशराज दाहालले एक कार्यक्रमबिच खादा लगाएर सम्मान गरेका थिए । प्रमुख अतिथीको हैसियतमा बोल्दै राजदुत दाहालले झपाली समाजले अस्ट्रेलियामा बसेर पनि मुलुकको बिकास निमार्णमा महत्वपुर्ण योगदान गरेकोमा खुसी ब्यक्त गरे । राजदुत दाहालले प्रवासमा बसेरपनि देशको माया र अझ जन्मेको ठाउँ र हुर्केको गाउँंको माया मोहमा समाहित हुनु महत्वपुर्ण पाटो रहेको उल्ल्ेख गरे । कार्यक्रममा एनएसडब्लुका महाबाणिज्यदुत दिपक खड्काले अस्ट्रेलीयामा रहेर झापाली समाजले आफ्नो बिशेष पहिचान कायम गरेको र समुदायको हितमा कार्य गरेकोमा पं्रशंसा गरे । यस्तै कार्यक्रममा निर्वतमान अध्यक्ष दिपक चुडालले पछिल्ला दुइ बर्षमा गरिएका सामािजक कार्यका बारेमा बिवरण सहित पेश गरेका थिए । कार्यक्रममा अन्तराष्ट्रिय झपाली समाजका संरक्षक दिनेश पोखरेलले झापाली समाजले अस्ट्रेलियामा स्थापनाकालदेखिनै सामाजिक सेवामा अग्रणी भुमिका निर्वाह गरेको बताए । कार्यक्रममा झापाली समाजका पुर्व अध्यक्ष दिपक खनाल, एनआरएनका उपाध्यक्ष देब गुरुङ लगायतले सफलताको शुभकामना दिएका थिए । नव निर्वाचित अध्यक्ष उमेश पोखरेलले अस्ट्रेलियामा छरिएर रहेका झापालीहरुलाई एकताको सुत्रमा बाधेर सहकार्य गर्नुका साथै झापाको बिकास निर्माणमा लागि पर्ने बचनबद्धता प्रकट गरे । समाजका महासचिब अशोक उप्रेतीले सन्चालन गरेको कार्यक्रममा नव नियुक्त राजदुत महेसराज दाहाललाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा एनआरएनका पुर्व ओसेनिया योजक धर्म अधिकारी ,एनएडिएफका अध्यक्ष विवेक थापा,एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल, आइसीसी सदस्य अरुण ठाकुर, नयाका अध्यक्ष प्रकाश अर्याल ,युवा अभियन्ता कोमल पाठक , डिला खरेल ,प्रकाश खरेल, लगायतको उपस्थीती रहेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्