नेभिगेशन
LEADING_MAIN

अग्नि नियन्त्रण सर्भिसलाई एनआरएनए अस्ट्रेलियाको सहयोग

नोभेम्बर २३। गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले ‘गो फण्ड मी’ मार्फत् संकलन गरेको २० हजार अस्ट्रेलियन डलर ‘न्यू साउथ वेल्स रुरल फायर सर्भिस’लाई  सिड्नीमा आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गरियो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष मन केसी, गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष केशव कँडेल,कोशाध्यक्ष अनिल पोख्रेल ,युबा संयोजक इर्साद अहमद ,नारी निकुञ्ज अस्ट्रेलियाकी संयोजक सन्ध्या शाह,पुर्व कोषाध्यक्ष डिला खरेल लगायतको उपस्थिति रहेको थियो । उक्त सहयोग रकम न्यूसाउथवेल्स रुरल फायर सर्भिसका कमिश्नर फिजसिमोन्स शेन फिजसिमोन्सलाई चेकमार्फत् हस्तान्तरण गरिएको थियो । ३ सय ६ जनाले सहयोग मार्फत् संकलित उक्त रकम अग्नि नियन्त्रणमा खटिने स्वयं सेवकहरुलाई आवश्यक पर्ने उपकरण, तालीम र सेवाका लागि खर्च गरिने गरिने बताइएको छ । सो अवसरमा कमिश्नर फिजसिमोन्सले सहयोगका लागि नेपाली समुदायलाई धन्यवाद दिए । ९ लाख ७० हजार हेक्टर क्षेत्रलाई प्रभावित गरेको उक्त डढेलोबाट करिब २ सय घर नष्ट भएका थिए भने ३ जनाको मृत्यु र ४० जनाभन्दा बढी घाइते भएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्