नेभिगेशन
अन्य

सुर्खेत समाज अस्ट्रेलिया गठन

सीड्नीमा रहेका सुर्खेतीहरुको बृहत भेलाले चन्द्र प्रकाश ढकालको अध्यक्षतामा सुर्खेत समाज अस्ट्रेलिया गठन गरेको छ । जन्मेको ठाउँं र हुर्केको गाउँंको माया कसलाई हुदैन र । सात समुन्द्र पारी अस्ट्रेलिया बसेर पनि जन्मस्थान सुर्खेतको बिकास र बिस्तारमा अगाडि बढने उद्देस्यका साथ अस्ट्रेलिया समाजको गठन गरिएको कुरा समाजका अध्यक्ष ढकालले बताए । नवगठित सुर्खेत समाजको सल्लाहकारमा नबिन अर्याल र डिल बस्नेत रहेका छन भने संस्थाको उपाध्यक्षमा सोयम केसी चयन भएका छन । शनिबार भएको सुर्खेती भेलाले महासचिबमा गणेश सापकोटा, सचिबमा ईश्वर गौतम र सह सचिवमा सुसील पराजुली मनोनयन भएका छन । संस्थाका कोषाध्यक्षमा सोभित राना, सह कोषाध्यक्षमा चेतन अधिकारीलाई भेलाले चयन गरेको छ । यस्तै संस्थाका सदस्यहरुमा भरत गौतम,याम अधिकरी, यक्ष भण्डारी, अनिल केसी , मन्तोष कार्की, बिदुप पन्त,सरस्वती उपाध्याय, भुपेन्द्र पौडेल,आकाश रोका, रोशन कार्की,एन्जल श्रेष्ठ,रुवी थापा, युवराज धमला,रोशन कार्की र सुवास ढकाल रहेका छन । सुर्खेत जिल्लावाट अस्ट्रेलिया आएर बसोबास गर्ने दाजुभाइबिचको चिनाजानी,आपसी भाइचारा र एकताका लागि पनि सुर्खेत समाज अस्ट्रेलिया आवश्यक थियो,यसै कुरालाई मध्यनजर राखेर हामीले यो समाजको गठन गरेका हौ, नवगठिन समाजका अध्यक्ष चन्द्र प्रकाशले बताए । कार्यक्रममा एनआरएन आइसीसीका पुर्व युवा संयोजक विजय पोखरेल, सामािजक अभियन्ता राजु मानन्धरलगायतको उपस्थीती रहेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्