नेभिगेशन
LEADING_MAIN

अष्ट्रेलीयाको छोटो बसाईका अनुभवहरु

डा. डीला संग्रौला
मेरो यो अष्ट्रेलिया यात्रा दोश्रो पटक हो । करिव २ वर्ष अगाडि आएको थिए। प्रथम पटकको यात्रा ईष्टमित्र पारिवारिक भेटघाट तथा राजनैतिक प्रशिक्षणमा सिमित भएको थियो भने दोश्रो पटकको यात्रा केही राजनैतिक सामाजिक आर्थीक अनुभव गर्ने मौका प्राप्त भएको छ ।
मैले अष्ट्रेलियामा झट्ट अनुभव गर्दा अति रमणीय विशाल राष्ट्र तथा अनुशासित समाज नै हो ।
यहाँको राजनैतिक व्यवस्थालाई हेर्ने हो भने २ सदनात्मक व्यवस्थापिका, संघीय संवैधानिक राजतन्त्रात्मक संसदीय व्यवस्था रहेको छ ।
अष्ट्रेलियाको राजधानी क्यानवेरा हो यसको ठुलो शहर सिड्नी । यो विविधतायुक्त समाज हो जहां शिक्षा हाईस्कूल सम्म निशुल्क छ । जहाँको भाषा अंग्रेजी हो धर्म ७ थरिका देखिन्छ जस्मा ५२.१% कृश्चियानिटि ३०% नास्तिक २.६% मुश्लिम, २.४% बुद्धिष्ट, १.९% हिन्दु ०.५% शिख ०.४% जुडिजम, ०.४% अन्य ।
यहाँ राष्ट्रिय सभालाई सिनेट र प्रतिनिधि सभालाई हाउस अफ रिप्रिजेन्टेटिभ भनिन्छ यहाँको स्वतन्त्रता दिवस वेलायति स्वतन्त्रता दिवसको दिन नै मनाईन्छ ।
७६९२०२४ किलोमिटर , जनसंख्या 2019 को ईष्टिमेट अनुसार २५,५२१,४०० छ ।
२०१८ को ईष्टिमेट अनुसार GDP (PPP)  जम्मा १.३१३ ट्रिलियन प्रतिव्यक्ति आय ५२,१९१ डलर छ GDP (nominal) जम्मा १.५०० ट्रिलियन, प्रतिव्यक्ति आय ५९,६५५ । यहाँको आफ्नै  मुद्रा छ जो अष्ट्रेलियन डलरले परिचित छ ।
करिव १ लाख नेपालीहरुको शैक्षिक तथा सुविधा सम्पन्न सुविधाको गन्तव्य पनि अष्ट्रेलियानै देखिएको छ ।
यसको विशेषता भनेको कानूनी राज्य र अनुशासित समाज हो । यहाँको शिक्षा जीवनोपयोगी व्यवसायिक छ । यसले आत्म निर्भर बनाई पि आर मारफत व्यावसाय केन्द्रित पनि भएको पाईन्छ । यसबाट हामीले पनि सिक्नु पर्दछ भन्ने मेरो अनुभव छ ।
प्राकृतिक सौन्दर्यता र व्यवसायिककरण
सुन्दर सामुद्रिक तट पहाड लाई सिंगारेर व्यावसायिक रुपमा पनि देशको आर्थिक उन्नति गर्न सकिन्छ प्राकृतिक सोन्दर्यतालाई हेर्ने हो भने हामी अब्बल छौं तर त्यसको सदुपयोग हुन सकेको छैन । २०२०पर्यटन वर्षको रुपमा मनाउन प्राकृतिक सौन्दर्यतालाई व्यावसायिक करण गरि अगाडि बढाउनु पर्नेछ ।
विशाल र विविधतायुक्त मुलुक
अष्ट्रेलिया विश्वको छैठौं महादेश हो जस्ले ७६९२०२४ वर्गक्षेत्रफल ओगटेको छ ।यद्यपि जनघनत्वको आधारमा सबै भन्दाकम जनसंख्या भएको देश मानिन्छ । यहाँका मानिसहरु सामुद्रिक सुन्दरतामा रमाई त्यसैका छेउछाउमा बस्न रुचाउँछन् । विभिन्न भाषा भाषीहरुको बसोबास भएको यसक्षेत्रमा विविधता भित्र एकता छ हाम्रो नेपाल पनि विविधताले भरिपुर्ण राष्ट्र हो । हिमाल पहाड तराई युक्त हाम्रोदेश पनि एकतापूर्ण भई राष्ट्रको गौरव संग जोडेर अगाडि बढ्नसक्नु पर्दछ ।
संघियताको अनुभव संघियताको अनुभवमा पनि अष्ट्रेलिया अगाडि नै छ जसको सुरुवात १९०१ मा भयो जस्मा ६ वटा संघीय राज्य र २ वटा केन्द्र शासित प्रदेश रहेका छन् केन्द्र शासित प्रदेशमा राजधानी रहेको क्यानवेरा रहेको छ ।
संघियतामा देशको विकाश भनेको शक्तिको विकेन्द्रिकरण र श्रोत र साधन को बाँडफाड हो जुनकुरा अष्ट्रेलियाले राम्रो संग अंगालेको छ । नेपालले पनि यसकुरालाई अंगालेर नआत्तीई अगाडि बढ्नु पर्ने देखिन्छ । यसो गरेमा सिंहदरवारको अधिकार गाउंघरमा पुग्दछ ।
नैतिकताको राजनिती 
याहांका राजनितिक कार्यकर्ताहरुमा नैतिकताको मूल्य र मान्यता छ जस्मा सानो उदाहरणको रुपमा यसै वर्ष एकजना मूख्य मन्त्रीले वाईन उपहारमा लिंदा नैतिकताको आधारमा राजिनामा गरेको कुरा पनि यहाँ स्मरण योग्य हुन आउँछ । ट्राफिक रुल नियम कडा रुपमा लागू गरिएको छ । सानो तिनो गल्तीमा घरैमा जरिवाना सहितको पत्र पठाउने र जरिवाना नतिरेमा अन्य कुरामा समेत असर पर्ने गर्दछ । आफ्नो लेनमा मात्र गाडीचलाउने कतै पनि ट्राफिक पुलिस देखिंदैन तर सबैले आफ्नो लेनमा नैतिकता र अनुशासित भएर चलाउंछन् ।
श्रमको मूल्याङ्कन 
श्रममा आधारित परिवारकालागि यहाँका श्रमको मूल्याङ्कन अनुसार पारिश्रमिक र विना भेदभाव पारिश्रमिक निर्धारण, घण्टामा आधारित पारिश्रमिक र हप्तै पिच्छेको तलव भुक्तानीले पनि दैनिकीमा ज्यादै सहज बनाईदिएको छ ।यहाँको बजार जहिले पनि स्थिर हुने हुदा तलबको दर उच्च हुने गर्दछ ।
पर्यावरण
यहाँ शहर देखि ग्रामिण भेग सम्म जहाँ पनि हरिया जंगलको आनन्द लिन सकिन्छ । भारि वर्षाको श्रोत जंगलको संरक्षणमा कुनै किसिमबाट पनि कमि हुन दिईएको देखिंदैन र तिनै जंगलमाथी फलामका ठुला ठुला पुलबनाई जंगल सफारि एवं झरनाको अवलोकन गराई आर्थिक उपार्जनको समेत श्रोत बनाईएको छ जुन नेपालको लगि अनुकरणीय छ।
दीर्घकालीन योजना
याहां निर्माण गरिएका र गर्न लागिएका निर्माण योजनाहरु ५० देखि १०० वर्षलाई दृष्टिगत गरि योजना तर्जुमा गरिने कारणले विच विचमा योजना परिवर्तन प्रायशः नहुने गर्दछ ।सिकाई पर्यावरणको बचाउ, दीर्घकालीन सोचका साथ योजना तर्जुमा, नैतिकतामा आधारित चरित्र, ठेक्का प्रथामा परिवर्तन, उद्देश्य मूलक एवं रोजगारमा आधारितशिक्षा ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्