नेभिगेशन
LEADING_MAIN

राजदुत दाहालले ओहदाको प्रमाणपत्र बुझाए

अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले बुधबार गर्भनर डेविड हर्ली समक्ष ओहदाको प्रमाणपत्र बुझाएका छन् । क्यानबेरास्थित गभर्नर हाउसमा आयोजित विशेष कार्यक्रममा गभर्नर जनरल डेबिड हर्लीसमक्ष दाहालले प्रमाणपत्र बुझाएका हुन् । ओहदाको प्रमाणपत्र बुझाएपछि आधिकारीक रुपमा दाहालले अस्ट्रेलियाको राजदुतको पद संहालेका छन । औपचारिक रुपमा कार्यभार सम्हाल्नुअघि स्थानिय सरकारका प्रमुखसँंग ओहदाको प्रमाणपत्र बुझाउनुपर्ने अन्तराष्ट्रिय चलन छ । राजदुत दाहालले ओहदाको प्रमाणपत्र बुझाएपछि सन् १९६० देखि नेपाल र अष्ट्रेलियाबिच सुमधुर कुटनैतिक सम्बन्धलाई बढावा दिने प्रयास गर्ने बताए । राजदूत दाहालले नेपाल र अष्ट्रेलियाले कुटनैतिक सम्बन्धलाई अझ बलियो बनाउदै जानुपर्नेमा आफुले जोड दिएको बताए । गभर्नर जनरल डेबिड हर्लीले राजदूत दाहाललाई सफल कार्यकालको शुभकामना दिएका थिए । राजदुत दाहालले ओहदाका प्रमाणपत्र बुझाएपछि करिब बिस मिनेट आफुले गर्भनर डेविडसँंग दुइ देशबिचको सम्वधका बारेमा छलफल भएको बताए । आउँंदो शुक्रबार राजदुत दाहालले पहिलो पटक अस्ट्रेलियाका केहि वकिल र इन्जिनियरहरुलाई बोलाएर दुतावासको भवन निमार्ण बारे छलफल बैठक बोलाएका छन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्