नेभिगेशन
LEADING_MAIN

घोडा दौडसँगै मेलबर्नमा ममको मेला

घोडा दौडको रौनक चलीरहँंदा एक हुल नेपाली भने नेपाली परिकार ममलाई चिनिया परिकार डम्पलीङसँंग दाजेंर यसको प्चारमा जुटिरहेका थिए । ईन्टरनेशनल डम्प्लींग फेष्टिभल नामाकरण गरेर मेलवर्नमा आयोजना गरिएको यो मम महोत्सव सोमबार पचास हजार दर्शकको उत्साहजनक सहभािगतासँंगै सम्पन्न भएको छ । आयोजक सोलांगचरका निर्देशक राजु शाक्यले मम महोत्सवका रुपमा परिचित यो खानाको मेलालाई लाइ यस पटक फरक र अलग स्वरुपमा परिचित गराउन डम्पलीङ महोत्सवको नामाकरण गरिएको बताए । ईन्टरनेशनल डम्प्लींग फेष्टिभल चर्चित मेलबर्न कपको अघिल्लो दिन क्वीन भिक्टोरिया मार्केटमा आयोजना गरिएको थियो । खानाको स्टल, शैक्षिक परामर्श, रियल स्टेटसहित कूल ३२ वटा स्टल रहेको महोत्सवमा बिविध किसिमको ममका स्वादहरु पस्कीएका थिए । नेपाली मम , चिनियाँ डम्प्लींग, भारतीय समोसा, टिबेटीयन मम , जपानी गोजो लगायतका परिकार निकै लोकप्रीय भएको संस्थाका निर्देशक शाक्यले बताए । सोलाङचरले यसअघि मम महोत्सवको आयोजना गरेकोे भएपनि यस पटक यो मम र यसैसँंग् मिल्दोजुल्दो अन्य परिकार समेटेर ईन्टरनेशनल डम्प्लींग फेष्टिभलको आयोजना गरेको हो । चिनियाहरुको निकै लोकप्रीय मम जस्तै र उस्तै खाने कुराको नाम डम्पलीङ भएकोले यस पटक ममलाई डम्पलीङसँंगै पचार गरिएको शाक्यको भनाइ रहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्