माछापुच्छ्रे कप फुटबल प्रतियोगिता यस पटक आउदो नोभेम्बर १५ र १६ तारिखका दिन भ्यालेन्टाइन पार्कमा आयोजना हुने भएको छ ।
आयोजक माछापुच्छ्र्रे क्लबले शनिबार प्रायोजक सफायर रियल स्टेटको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस संस्करणमा सिड्नी बाहिर क्यानबेरा, मेलवर्न र ब्रिजबेनका चार टोलीको सहभागितासँंगै कुल १६ टोलीको सहभािगता रहने जानकारी दिएको हो। कुल पाँंच हजार दुइ सय पचास डलर पुरस्कार रहेको प्रतियोगिता लिग कम नकआउटका आधार खेलाइने र विजेता टोलीलाई क्रमस तिन हजार, एक हजार र पाँंच सय डलरको धनरासीसँंगै ट्रफी तथा प्रमाणपत्र बितरण गरिने क्लबका अध्यक्ष यज्ञधर बज्राचार्यले बताए । उनले नाइन ए साइड फुटबल प्रतियोगिता भएकोले एउटा टोलीमा कुल १५ खेलाडी र दुइ अफीसीयल सहित १७ जना रहने समेत जानकारी दिए । कार्यक्रममा अस्ट्रेलियन नेप्लीज फुटबल संघका अध्यक्ष बिजेन बटाजुले अस्ट्रेलियाभर छरिएर रहेका फुटबलप्रेमी बिचको आपसी भाइचारासँंगै खेलकुदको माध्यमवाट नेपालको नाम परिचित गराउन यस्तो प्रतियोगिताहरु उपयोगी रहदै आएको बताए ।
कार्यक्रममा प्रायोजक सफायरका तर्फवाट बिश्वास भट्टराइले सामाजिक संरचना भित्रको महत्वपुर्ण पाटोको रुपमा रहेको खेलकुद र त्यसमाथि फुटबलको माध्यमवाट गोलबद्ध रहेको माछापुच्छ्रेसँंग सहकार्य गर्न पाउनु खुसीको बिषय रहेको सुनाए । कार्यक्रममा क्लबका सचिब प्रविण जोशीले प्रतियोगिताको बिस्तृत बिवरण र यसका प्राविधिक बिषयमा प्रष्ट पारेका थिए । सफायरका अनिल थापामगरले कुनैपनि खेलकुद स्वास्थका लागि राष्ट्रका पहिचानका लागि महत्वपुर्ण बिषय भएकोले युवा वर्गको सहभागीता अर्थपुर्ण रहेको बताए । प्रतियोगितालाई चार समुहमा बिभाजन गरि लिग कम नकआउटका आधारमा खेलाइने हरेक समुहवाट दुइ टिम क्वार्टरुफाइनलमा प्रवेश गर्ने छन ।
यसैगरी दुइ दिन चल्ने प्रतियोगिताको पत्रकार सम्मेलनमा समुह बिभाजनको लक्की ड्र समेत आयोजना गरिएको थियो । जसमा समुह एमा आयोजक माछापुच्छ्रे क्लब, गोर्खा एफसी, ड्रुक एफसी र फेवा फुटबल क्लब रहेका छन भने समुह बीमा टीआरजी,क्यानेबरा एफसी, सगरमाथा एफसी,ग्रानभिल राइनोज रहेका छन । यस्तै समुह सीमा बेनी क्लब ,सीम्रीक क्लब, द ब्रिगेड क्लब र वेस्ट युनाइटेड तथा समुह डीमा सेन्ट जोर्ज ,यती एफसी, क्लब नेपाल र तामाङ रिक्रेयसनल क्लब रहेका छन ।
बाग्मती प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा सांसद राजेन्द्र पाण्डेले नेपाली नागरिक भएर भिषा लिनुपर्ने बिषय हास्यासपद रहेको बताउदै सहमती बिना ल्याइएको यो अध्यादेश गलत ढंगवाट आएको बताएका छन ।शनिबार, माघ ५, २०८१