नेभिगेशन
LEADING_MAIN

विश्वकप छनोटको संघारमा राष्ट्रिय फुटबल टोली अस्ट्रेलियामा सम्मानित

बलियो अस्ट्रेलियाविरुद्ध बिश्वकप छना्ट खेल्ने तयारीका क्रममा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा पदाधिकारीहरुलाई सीड्नीमा सम्मानित सम्मानित गरिएको छ । गैर आवासिय नेपाली संघ(एनआरएनए) र स्थानिय फुटबल संघको सहकार्यमा पाँंच दिने बिशेष प्रशिक्षण कार्यक्रमका लागि सीड्नीमा रहेको राष्ट्रिय टोलीलाई न्यु साउथवेल्स राज्यका महाबाणिज्यदुत दिपक खड्का र एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशव कडेंल लगायतले सम्मानीत गरेका थिए । आगामी अक्टोबर १० तारिखमा क्यानबेरामा हुने बिश्वकप छनोटका् तयारीमा रहेको नेपाली टोलीका कप्तान किरण चेम्जोङले अस्ट्रेलियामा रहेको नेपाली समुदायले देखाएको न्यानो मायाले आफुहरु थप उत्साहीत भएको बताए । कप्तान चेम्जोङले भने, केहि दिनका लागि भएपनी यहाँंको हावापानी तथा बाताबरणसँंग घुलमिल गर्ने अनि अभ्यस्त हुने मौका पाइयो यसका लागि हामी समस्त सहयोगी हातहरुलाई धन्यवाद दिन चाहन्छौ । इन्डोनेसीयावाट सिधै राष्ट्रीय टोलीमा सहभागि हुन आइतबारमात्र सीड्नी आइपुगेका रक्षापक्तीका शसक्त खेलाडी रोहित चन्दले अस्ट्रेलियाविरुद्धको खेल चुनौतीपुर्ण रहेकोले यसका लागि आफुहरु तयार रहनुपर्ने बताए । प्राविधिक र शारिरिक रुपमा उनिहरु हामी भन्दा सबै किसिममा बलिया छन तर हाम्रो मनोबल पनि उच्च रहेको छ त्यसैले पनि नतिजाका बारेमा अहिलनै किटान गर्न सकिन्न । बिश्वकप छनोट चरणको पहिलो खेलमा कुवेतसँंग ७ -० अन्तरले पराजित भएको नेपाली टोलीले दोस्रो खेलमा भने पुनरागन गर्दै चाइनिज ताइपेइलाई २-०ले पराजित गर्न सफल भएको थियो । कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशव कडेंलले राष्ट्रिय फुटबल टोलीलाई अस्ट्रेलिया ल्याउने चाहना बिश्वकप छनोट चरणले जुराइदिएकोमा आफुहरु अत्यन्तै हर्षित भएको बताए । नेपाल र नेपालीको प्रतिष्ठा जोडिएको बिश्वकप छनोटचरणका लागि अस्ट्रेलिया आउने नेपाली टोलीसँंग एनअराएन जोडिन पाउनु आफैमा गर्बिलो बिषय भएको बताए । एनएसडब्लु राज्यका महाबाणिज्युदुत दिपक खड्काले बिश्वकप छनोट चरणमा अस्ट्रेलियासँंग प्रतिस्पर्धा गर्नु आफैमा महत्वको बिषय भएको र यसले मुलुक चिनाउने काममा महत्वपुर्ण भुमिका खेलेको बताए । खड्काले भने, यतिखेर अस्ट्रेलियाका सबै सन्चार माध्यममा नेपालको फुटबलको चर्चा भइरहेको छ यो हाम्रो प्रारम्भीक जित हो । अस्ट्रेलियन नेप्लीज फुटबल संघको पहल र एनआरएनको सक्रियतामा नेपाली टोलीलाई करिब एक साता बिशेष प्रशिक्षणको ब्यवस्था गरिएको हो । नेपाली टोलीले हाल सीड्नीको उत्तरी क्षेत्र नाराविनमा अवस्थीत सीड्नी स्र्पोट्स एकेडेमी एन्ड रिक्रेएसन सेन्टरमा प्रशिक्षण गरिरहेको छ । सो तालिम केन्द्रमा अस्ट्रेलियाकै बिभिन्न खेलका राष्ट्रिय टोलीले प्रशिक्षण गर्र्दै आएको छ । नेपाली टोलीको लागि यस अभियानमा करिब चालिस हजार डलर भन्दा बढि खर्च हुने बताइएको छ । एनआरएन अस्ट्रेलियाका महासचिब डा ज्ञानेन्द्र रेग्मीले मुलुक चिनाउने माध्यमका रुपमा रहेको खेलकुद र त्यसमाथि लोकप्रीय खेल फुटबलको राष्ट्रीय टीमसँंग एनआरएनएले सहकार्य गर्न पाउनु आफैमा महत्वपुर्ण संयोग रहेको बताए । रेग्मीले भने,खेलाडीको अनुहारमा सिंगो राष्ट्र प्रतिबिम्वीत हुने हुँंदा राष्ट्रिय टोलीलाई सम्मान गर्न पाउनु हाम्रो लागि भाग्यको बिषय पनि हो । बिश्वकप फुटबलमा अस्ट्रेलियासँग प्रतिस्पर्धा हुदैगर्दा वरियताक्रममा भने दुइ देशबिच निकै ठुलो खाड्ल रहेको देखिन्छ । अस्ट्रेलिया विश्व वरियताको सुचिमा ४४औ स्थानमा रहेको छ भने नेपाल एक सय ६१औ स्थानमा रहेको छ । राष्ट्रय फुटबल टोलीलाई अस्ट्रेलिया ल्याउने अभियानका एक अभियन्ता तथा एनअराएन अस्ट्रेलियाका युवा संयोजक इर्शाद अहमदले राष्ट्रीय टोलीको सम्मान अस्ट्रेलियाको नेपाली समाजको लागि गौरवको विषय भएको बताए । उनले भने , सम्मान हामीले गरयौ तर यो सम्मानले साढे तिन करोड नेपालीको प्रतिनिधित्व गर्दछ । इर्शादले नेपालीहरुको चाडपर्व बिच पनि यतिखेर बिश्वकप छनौट चरणले नेपाली समाजलाई जुरुक्कै उचालेको छ र हामी अक्टोबर दशको प्रतिक्षामा छौ । कार्यक्रममा एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष देव गुरुङ, सचिब उषा बारिया पोखरेल, कोषाध्यक्ष अनिल पोखरेल ,युवा अभियन्ता थानु शाक्य लगायतले खेलाडीलाई बधाइ ज्ञापन गरेका थिए । टोलीलाई अस्ट्रेलियामा बिशेष प्रशीक्षण अभियानलाई एक्सपर्ट एजुकेशन, एमआइटी, एभरेष्ट ट्राभल,सीड्नी मेट्रोलगायतले सहयोग गरेका थिए । कार्यक्रममा अस्ट्रेलियन नेप्लीज फुटबल संघका अध्यक्ष विजेन बटाजुले खेलाडी तथा पदाधिकारीको स्वागत गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्