नेभिगेशन
LEADING_MAIN

ग्रानभिलको दशै तिहार साँंझ सम्पन्न

अस्ट्रेलियाको ब्यापारिक राजधानी सीड्नीमा नेपालीहरुको बाक्लो बस्ती रहेको ग्रानभिलमा दशै तिहारको रौनक प्रारम्भ भएको छ । स्थानियक ग्रानभिल नेप्लीज कम्युनिटीको आयोजनामा शुक्रबार दशै तिहार साँंझ भब्य र सभ्य रुपमा सम्पन्न भएको छ । दोस्रो पुस्ताका नेपालीलाई नेपाली भाषा र कला संस्कृतीप्रती उत्तरदायी बनाउने अभियानस्वरुप आयोजना गरिएको दशै तिहार साँंझमा दोस्रो पुस्ताका बाल बालिका तथा युवा युवतीले नेपाली कला संस्कृती र पर्व झल्काउने बिविध प्रस्तुती पस्केका थिए । कार्यक्रममा स्थानिय गोर्खा नेप्लीज तेक्वान्दो क्लब , नेपाली कला साहित्य प्रतिष्ठान , पाठशाला लगायतका नेपाली संघ संस्थाहरुले मौलिक नेपाली संस्कृती झल्काउने प्रस्तुती दिएका थिए । कार्यक्रममा नेपालवाट आएका हास्यब्यङ्गका पुराना माहारथी नारद खतिवडाको आकर्षक प्रस्तुती रहेको थियो । हास्यबिधाका माहिर खतिवडाले ढोका खोल न हो पोष्टेकी आमा प्यारोडीवाट सुरुआत गर्दै एनआरएनको आगामी महाधिबेशन अनि नया पुस्ताका युवा युवतीबिचको सामािजक सन्जालको मोहलाई हास्यबिधामा ढाल्दै दर्शकलाई हसाउन सफल भएका थिए । हिन्दु धर्मका् महान चाडको दशै तिहारको शुभारम्भको अवसरमा हिन्दु सोसाइटीका पण्डीत प्रकाश ढोडारीले दुर्गा पुजा गर्दै कार्यक्रमको आरम्भ गरेका थिए । कार्यक्रममा ग्रानभिल नेपाली समाजका अध्यक्ष रमेश थापाले अस्ट्रेलियामा नेपालीहरुको बाक्लो बस्ती रहेको यस क्षेत्रमा रहेका नेपालीबिचको भातृत्व र नेपाली कला संस्कृतीको जर्गेनाका लागि हरेक बर्ष दर्श तिहार साँंझको आयोजना गर्दै आएको बताए । थापाले यहा रहेका नेपाली बिच हिन्दुत्वको सम्वन्ध प्रगाढ बनाउने र नया पुस्तालाई नेपाली भाषा,संस्कृतीको पहिचान गराउने अभियानमा संस्था लागि परेको सुनाए । कार्यक्रममा प्रमुख अतिथी एनआरएन ओसेनियाका संयोजक धर्मराज अधिकारीले ग्रानभिल अस्ट्रेलियाकै नेपालीहरुको सर्वाधिक बस्ती रहेका क्षेत्र भएकोले यसभेगमा समाजले आपसी सदभाव र हिन्दुत्वको सवालमा महत्वपुर्ण भुमिका खेल्दै आएको बताए । धेरै पहिला देखिनै ग्रानभिलमा नेपाली कला संस्कृतीका कार्यक्रमहरु भैरहन्थे तर पछिल्ला केहि बर्षमा यसले थप गति लिएको छ र नेपाली कला संस्कृती मार्फत सबैलाई समेटने कार्य गरेको छ,जुन प्रशंसनिय छ ,अधिकारीले भने । अधिकारीले निकट भबिष्यमा नेपालमा अयाोजना हुन गैरहेको एनआरएनएको महाधिबेशनको सफलताको कामना गर्दै अस्ट्रेलियाले महत्वपुर्ण भुमिका निर्वाह गर्नु पर्ने हुनाले सबै एकै साथ र सबै हात मिलाएर अगाडि बढनु पर्ने सुनाए । एनआरएन अस्ट्रेलियाकी सचिब उषा बारिया पोखरेल र एनआरएनका युवा अभियन्ता पारस खड्काले सन्चालन गरेको कार्यक्रममा एक दर्जन नेपाली लोकनृत्यका साथै विविध पहिचान दिलाउने नृत्यहरु प्रस्तुत गरिएको थियो । एनआरएनका पुर्व अध्यक्ष गोवा कटुवाल, एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष देब गुरुङ, पुर्व उपाध्यक्ष नन्द गुरुङ, नेपाली कला साहित्य प्रतिष्ठानकी अध्यक्ष सुजाता बस्नेत, एनआरएन अभियन्ता तथा पुर्व आइसीसी प्रवक्ता रन्जु थापा,प्रायोजक रेष्ट ग्रुपका सरोज प्रकाश पण्डीत,आइसीसी सदस्य अरुण ठाकुर, छबी सापकोटा लगायतले कार्यक्रमको महत्वसँंगै नेपालीहरुको महान चाड दशैं तिहारको उपलक्ष्यमा सबैलाई शुभकामना प्रदान गरेका थिए । एनआरएन एनएसडब्लुका सचिब दिपक पहारीले औपचारिक औपचारिक कार्यक्रम सन्चालन गरेको दशै तिहारसाँंझमा करिब चार सय भन्दा बढिको उपस्थीती रहेको थियो । कार्यक्रममा एनआरएन अस्ट्रेलियाका पुर्व अध्यक्ष ध्रुब सुबेदी, आइसीसीका पुर्व युवा संयोजक विजय पोखरेललगायतको उपस्थीती रहेको थियो । कार्यक्रमका प्रायोजक तथा सहयोगीहरुलाई अध्यक्ष रमेश थापा, एनआरएनका पुर्व अध्यक्ष गोवा कटुवाल लगायतले कदरपत्र प्रदान गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्