नेभिगेशन
अस्ट्रेलिया समाचार

एनआरएनए उपाध्यक्षमा मन केसीको उमेदबारी

बिगत २३ बर्षदेखि अस्ट्रेलियाको नेपाली समुदायमा अभियन्ताका रुपमा अनुभव संगालेका मन केसी यस पटक आसन्न गैर आवासिय नेपाली संघ(एनआरएन)को ग्लोबल उपाध्यक्ष पदको आकंक्षीका रुपमा मैदानमा उभिएका छन । के सी एनआरएन अस्ट्रेलियाका संस्थापक अध्यक्ष, सामाजिक अभियन्ता, कुशल ब्यबसायी रुपमा पनि चिनिन्छन ।  यस अघि एनआरएन आइसीसीको प्रबक्ता समेत भैसकेका मन केसी स्थापनादेखि अहिलेसम्म आइपुग्दाको अनुभवलाई संगालेर आसन्न निर्वाचनमा संस्थाको उपाध्यक्षमा उमेदबारी दिने तयारी गरेको बताउछन । मुलुकमा लगानी, सम्मानीत वैदेशिक रोजगारी, मुलुकको समृद्धि, एनआरएन नागरिकता, आधारभुत योजना अनि तर्जुमा अनि सबल संगठनको संरचना जस्ता महत्वपूर्ण कार्ययोजना बोकेर केसीले यस पटक उपाध्यक्ष पदमा उमेदबारी दिन लागेको बताए । सन २००५मा एनआरएन अस्ट्रेलियाको संस्थापक अध्यक्ष रहेका केसीले त्यसपछि आजसम्म आइपुग्दा एनआरएनका बिभिन्न महत्वपुर्ण पद र जिम्मेवारीलाई सफल पुर्वक निर्वाह गरिसकेका छन । केसीले एनआरएन अस्ट्रेलियाको अध्यक्ष अ‍ोसेनिया क्षेत्रिय संयोजक र एनआरएनए ग्लोबलको पवक्ताका रुपमा आफ्नो जिम्मेबारीलाई सफल रुपमा निर्वाह गरिसकेका छन ।मेरो उमेदबारी भनेको संसारभर छरिएर रहेका गैर आवासिय नेपाली समाजको पहिचान र प्रतिष्ठा अभिबृद्धीको लागि पनि हो भन्ने मैले ठानेको छु । पछिल्लो डेढ दशकसम्म लगातार एनआरएन कर्ममा लागिरहँंदा मैले समेटेको अनुभवलाई संगालेर संस्थाको हितमा काम गर्छु भन्ने मेरो सोच हो,यसलाई सबैले साथ दिनुहुन्छ भन्ने बिश्वास मैले लिएको छु, मन केसीले बताए ।

बिदेशमा रहने सबै प्रवासी नेपालीको साझा संगठन बनाउने, यसमा सबै सहजै समेटने बहुआयामिक बनाउने, दिगो र परिणाममुखी बनाउने मेरा केहि योजनाहरु छन, यदी मैले उपाध्यक्षमा जितेमा त्यस बिषयमा गम्भीर भएर लाग्नेछु ,केसीको कथन थियो । गैर आवासीय नेपाली संघ )एनआरएनए)को नवौं विश्व सम्मेलन आउँदो १५ देखि १७ अक्टोबरसम्म काठमाडौंमा सन्चालन हदै छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अस्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।