नेभिगेशन
LEADING_MAIN

समाजवादी पार्टीको अस्ट्रेलिया समिती बन्यो

नया शक्ति पार्टि नेपाल र संघिय समाज बादि फोरम बिचको एकता पछि बनेको समाजवादी पार्टी नेपालका समर्थक शुभेच्छुक बिचको बिदेश स्थित भातृ सङ्गठन पनि समायोजन प्रकृया प्रारम्भ भएको छ । यसै सन्दर्भमा अन्तरास्ट्रीय नेपालि समाज अस्ट्रेलिया र संघिय समाज अस्ट्रेलिया बिच एकता भई नेपाली समाज अस्ट्रेलिया घोषणा गरिएको छ । सीड्नीमा सम्पन्न एकता कार्यक्रम लाई नेपालबाट स्काइप मार्फत डा बाबुराम भट्टराई सम्बोधन गरेका थिए ।कार्यक्रममा अस्ट्रेलिया स्थित जनसम्पर्क समितिका कार्यबाहक अध्यक्ष छिरिङ्ग लामा जनप्रगतिशिल समाजका उपाध्यक्ष रामजी बस्नेत ,सुदुरपश्चिम समाजका केशब जोशि, पोखरा समाजका राजकुमार अधिकारी अबर्न नेप्लीज कमिटिका अध्यक्ष अशोक उप्रेति लगायतले शुभकामना प्रदान गरेका थिए । एकता सम्मेलनबाट अध्यक्षमा गणेश तामाङ्ग उपाध्यक्षमा क्रमश सुमन खरेल, उपेन्द्र श्रेष्ठ, बिर बहादुर राई,शोभा श्रेष्ठ महासचिबमा सन्तोष आचार्य, सचिबमा उमेश शाह, कोषाध्यक्षमा कृष्ण कार्कि, सहकोषाध्यक्षमा, अनिल बस्नेत प्रबक्तामा गौतम बाबु तिवारी, पब्लिक अफिसरमा अभिषेक कुमार झा लाई मनोनयन गरिएको छ । यस्तै नया कार्यसमितीको युवा सम्योजकमा बिशाल खड्का, महिला संयोजकमा सुजता पाण्डे गौतम, बिधार्थी संयोजकमा भुमिका लामा, साहित्यिक संयोजकमा टंक रिमाल, न्यु साउथवेल्स संयोजकमा महेश भट्टराई, भिक्टोरिया संयोजकमा बुद्व मोक्तान क्वीन्सल्याण्ड संयोजकमा अमित शर्मा तास्मनिया संयोजकमा सुरज श्रेष्ठ,वेस्र्टन अस्ट्रेलिया संयोजकमा सिताराम पन्त चयन भएका छन । यसैगरि समितीका सल्लाहकारमा सुन्दोर्जे तामाङ्ग, अरुण कुमार तामाङ्ग,कमला पोखरेल,पुरन सायमि तथा संरक्षक समितीमा बिनोद पौडेल, सुवान चौलागाई, समिम अनवर, चित्र तुम्बाहम्बे,घनेन्द्र पियाक र तिर्थ राज कार्किलाई मनोनयन गरिएको छ । नया कार्यसमितिका पदाधिकारीहरुलाई डा बाबुराम भट्ट्राईले स्काइपमार्फत पद तथा गोपनियताको सपथ ख्वाएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्