नेभिगेशन
LEADING_MAIN

एनआरसी अर्वाड कार्यक्रम सम्पन्न

नेप्लीज रिक्रेयसनल क्लबको आयोजनामा सम्पन्न विविध खेलुकद प्रतियोगिताका विजेतालाई शनिबार एक समारोह बिच पदक तथा प्रमाणपत्र बितरण गरिएको छ । स्थानिय राजनितीज्ञ तथा राज्य मन्त्री जियोफ ली तथा लेबरका सांसद जोडी मकाइको बिशेष उपस्थीती तथा अस्ट्रेलियाका लागि नेपाली राजदुतावासकी कार्यबाहक राजदुत दुपदा सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम ब्याडमिन्टन प्रतियोगिताका विजेतालाई पदक तथा प्रमाणपत्र बितरण गरिएको थियो । सोही समारोहमा नेपालवाट सीड्नी इन्टरनेशन ब्याडमिन्टन सिरिजमा सहभागि नेपाली राष्ट्रीय टोलीका खेलाडीहरुलाई सम्मान गर्नुका साथै सहयोग रकम समेत हस्तान्तरण गरीएको थियो । क्लबले नेपाली ब्याडमिन्टन टोलीलाई १७ सय पचास डलर सहयोग रकम स्तान्तरण गरेको थियो । प्रतियोगितामा नेपालका नम्बर एक ब्याडमिन्टन खेलाडी रत्नजित तामाङ र नम्बर दुइ दिपेश धामी लगायतको सहभािगता रहेको थियो । क्लबका अध्यक्ष बिष्णु हमालले खेलकुदको माध्यमवाट आपसी सम्वन्ध बिस्तार र बृद्धी बिकासका लागि क्लबले बर्षेनी खेलकुदका कार्यक्रमहरुको आयोजना गरेको बताए । खेलकुद प्रतिभा प्रस्फुटनसँंगै स्वास्थका लागि महत्वपुर्ण माध्यम भएकोले क्लबले हरेक खाले खेललाई प्राथमिकता दिदै यसको संभावना र बिकासमा कार्य गर्दै आइरहेको बताए । कार्यक्रममा नेपाली राजदुतावासकी कार्यबाहक राजदुत द्रुपदा सापकोटाले बिदेशमा रहेर पनि खेलकुदको माध्यमवाट नेपाली समाजलाई एकताबद्ध गराउन सफल रहेको एनआरसीक्लबको सफलताको शुभकामना दिइन । एनआरसीद्धारा आयोजित ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलमा हिमाल कुवरले स्वर्ण, सन्दीप बुराले रजत र बुद्ध महर्जनले कास्य पदक हात पारेका थिए । यस्तै मिश्रीत युगलतर्फ एलीज यु र एलेक्स जर्जको टोली प्रथम, बिष्णु हमाल र ज्योती राजभन्डारीको जोडी दोस्रो र आदित्य मेहरा र हेस रासीठाको जोडीले तस्रो स्थान हात पारेको छ । प्रतियोगिताको ४५ बर्ष माथि सन्जय श्रेष्ठ र डा सीताराम जोशीको युगल जोडीले स्वर्ण पदक , शम्सेरसिंह थापा र प्रताप श्रेष्ठको जोडीले रजत पदक तथा दिपक डंगोल र रीक्की मियोनको जोडीले कास्य पदक हात पारेको थियो । प्रतियोगिताको मिश्रीत युगलतर्फ सन्दीप बुरा र सुजी जगदिसनको जोडी पहिलो, सन्जय श्रेष्ठ र मुना श्रेष्ठको जोडी दोस्रो तथा सुवर्ण शर्मा रमिना शर्माको जोडीले तेस्रो स्थान हात पारेको थियो । यस्तै चालिस बर्ष माथिको मास्टर्सतर्फ बिष्णु हमाल प्रथम र टेबल टेनिसतर्फ ३५ बर्ष माथिको पुरुष ओपनमा निहाल श्रेष्ठ प्रथम भएका छन । गल्फतर्फ ग्रसतर्फ शंसाक कोइरालाले पहिलो स्थान हात पारेका थिए भने ब्याक नाइनमा प्रनव मैनाली, नियरस्ट टु दी पीनमा ज्ञानदाता पोखरेल,लङ्गेस्ट ड्राइभमा दिपक खड्कालगायत विजयी भएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
दलमा बिभक्त भएर हैन नेपाली भएर बस्नुस बिदेशमा : सांसद पाण्डे

दलमा बिभक्त भएर हैन नेपाली भएर बस्नुस बिदेशमा : सांसद पाण्डे

बाग्मती प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा सांसद राजेन्द्र पाण्डेले नेपाली नागरिक भएर भिषा लिनुपर्ने बिषय हास्यासपद रहेको बताउदै सहमती बिना ल्याइएको यो अध्यादेश गलत ढंगवाट आएको बताएका छन ।