नेभिगेशन
अस्ट्रेलिया समाचार

एआइबीटी पुन सन्चालनमा आउने

अस्ट्रेलियन स्कील क्वालीटी एथोरोटी(आस्क्वा)ले छ महिना अघि दर्ता खारेजी गर्ने निर्णय गरेको इन्टरनेशनल इन्सिच्युट अफ बिजनेश एन्ड टेक्नोलोजी(एआइबीटी) कलेज एएटीवाट मुद्दा जितेपछि सन्चालनमा आउने भएको छ । गत फेब्रुअरी महिनाको १९ तारिख आस्क्वाले एआइबीटी खारेज गर्ने निर्णय गरेको थियो । एडमिनिस्ट्रेसन अपील ट्रिब्युनल(एएटी)ले एआइबीटीलाई केहि आन्तरिक शर्तहरु सहित पुन सन्चालनको अनुमती दिएपछि धेरै नेपाली बिध्यार्थीले राहतको सास फेरेका छन । एआइबीटीको रद्द पछि नेपाल सरकारको शिक्षा मन्त्रालयले यस कलेजलाई नो अब्जेक्सन लेटर दिन बन्द गरेको थियो तर अब पछिल्लो सन्चालनको अनुमतीले भने त्यसमा फेरबदल आउन सक्ने देखिन्छ । अस्ट्रेलियाको शैक्षिक निकाय र नीतीको बिषयमा बहस भैरहँंदा पछिल्ला छ महिनामा करिब एक सय भन्दा बढि कलेजहरुलाई सरकारले रद्द गर्ने निर्णय गरिसकेको छ । तर रद्द गरेको कलेजहरुले आफुलाई अन्याय भयो भन्दै माथिल्लो निकाय एडमिनिस्ट्रेसन अपील ट्रिब्युनल(एएटी)मा गएपछि कतिपयले राहत पाएका पनि देखिन्छ । यकलेजकी सीइओ फीयोना कीले बिहिबार प्रेश बिज्ञप्ती जारी गर्दै कठिन परिस्थीतीमा सहयोग गर्ने बिध्यार्थी ,कर्मचारी ,एजेन्सीहरुलार्ई मुरी मुरी धन्यबाद दिएकी छिन।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अस्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।